३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार पूर्वाग्राही हुँदैन, सत्ता समीकरण पनि फेरिँदैन– अर्थमन्त्री महत



file photo
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको सत्ता समीकरण फेरिने कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतले सत्तामा नहुँदाको अवस्थालाई स्वीकार गर्न नसकिने बताएका हुन् ।

महतले एमालेले संसदलाई बन्धक बनाएको आरोप लगाउदै भने, उहाँहरूले सत्ताबाहिर भएपछि सदन रोक्नुभएको छ। सदन चल्न दिनुपर्छ विषयवस्तु त्यहीँ आउँछन् । सबैले आफ्नो कुरापछि निष्कर्ष निस्किन्छ ।’

कांग्रेसका नेताहरु पक्राउ परेकाबारे महतले सरकार पूर्वाग्रही नहुने जिकिर गरेका छन् । उनले दोषी जो जस्तो भएपनि कानूनी कठघरमा आउनुपर्ने बताउदै भने, ‘सरकार पूर्वाग्राही हुँदैन । हुनु पनि हुँदैन । प्रतिशोधको हिसाबले कुनै काम गर्नु हुँदैन । देश र जनतामाथि बफादार भएर काम गर्नुपर्छ । दोषी कानूनको कठघरामा आउनुपर्छ । अनुसन्धान भइरहेकाले त्यसको स्रोतसम्म पुग्नुपर्छ।’