९ भाद्र २०८३, मंगलवार
,
Latest
हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमा भुइँकटहरका साइड इफेक्टसहित फाइदा र बेफाइदा जान्नुहोस्



अ+ अ-

काठमाडौं । स्वास्थ्यको फाइदाका हिसाबले भुइँकटहरलाई अदभूत फल मानिन्छ । स्वादमा मिठो हुनुका साथै यसले स्वास्थ्यमा पुर्याउँने फाइदा पनि धेरै नै विशेष छ । 

स्वास्थमा हुने फाइदाहरु :

१) पोषक तत्वको भण्डार : भुइँकटहर पोषक तत्वको भण्डार नै हो । यसमा ब्रोमिलेन, प्रोटिन, कार्बोहाइड्रेट, चिनी र फाइबर पाइन्छ भने भिटामिनमा ए, सी, बिटा क्यारोटिन, थियामिन, बी ५, बी ६ र फोलेट पाइन्छ । यस्तै, खनिज तत्वमा पोटासियम, कपर, म्यागनिज, क्याल्सियम, सोडियम र म्याग्नेसियम पाइन्छ । यसमा कम क्यालोरी हुने हुनाले तौल घटाउन पनि उपयोगी मानिन्छ।

२) रोगप्रतिरोधी क्षमतामा वृद्धि : भुइँकटहर भिटामिन सीको राम्रो स्रोत हो । यसले शरीरमा रोग लाग्न दिँदैन र श्वेत रक्तकोषका गतिविधिमा वृद्धि गरी रोग प्रतिरोधी क्षमता बढाउँछ ।

३) आर्थराइटिस (बाथ) मा उपयोगी : आर्थराइटिससँग सम्बन्धित जोर्नी र मांसपेशीको दुखाइ घटाउने गुण भुइँकटहरमा पाइन्छ । यसमा ब्रोमिलेन नामक दुर्लभ खालको प्रोटियोलाइटिक इन्जाइम हुन्छ । जसले जटिल खालका प्रोटिनलाई टुक्रा पार्छ र पीडा कम गर्न सघाउँछ।

४) क्यान्सर रोकथाम : एन्टिअक्सिडेन्टका साथै भिटामिन ए, बिटा क्यारोटिन, ब्रोमिलेन, फ्लाभोनोइड्स र म्यागनिज पाइने भएकाले भुइँकटहरले मुख, घाँटी तथा स्तन क्यान्सर लाग्नबाट जोगाउँछ ।

५) पाचन प्रणाली मजबुत पार्छ : नियमित भुइँकटहरको सेवनले कब्जियत, पखाला, एथेरोस्केलोसिस, रगत जम्ने समस्या र उच्च रक्तचाप समाधानमा सहयोग पुर्‍याउँछ । यो फाइबरको राम्रो स्रोत भएकाले पनि पाचन प्रणालीलाई दुरुस्त बनाउँछ र ग्यास्ट्रिक हुन दिँदैन ।

६) खोकी र रुघामा उपयोगी : ब्रोमिलेन र भिटामिन सीको स्रोत भएकाले भुइँकटहरले श्वासप्रश्वास सम्बन्धी समस्यालाई हटाउन र शरीरबाट अनावश्यक खकारजन्य पदार्थ सफा गर्न मद्दत गर्छ ।

७) हड्डी मजबुत पार्छ : भुइँकटहरमा म्यागनिज तत्व यथेष्ट परिमाणमा पाइन्छ । यो तत्वले हड्डीलाई मजबुत पार्नुका साथै हड्डीको वृद्धि र मर्मतमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । एउटा भुइँकटहरबाट शरीरलाई दैनिक चाहिने खनिज तत्वको ७० प्रतिशत हिस्सा प्राप्त गर्न सकिन्छ।

८) घाउ चाँडो निको पार्छ : भिटामिन सी उच्च मात्रामा पाइने हुनाले भुइँकटहरले घाउ तथा चोटपटक चाँडो निको पार्न मद्दत गर्छ र संक्रमणको प्रतिरक्षा गर्छ । यसले रक्त धमनीका भित्ता, छाला, अंगहरु तथा हड्डीका लागि आवश्यक एक प्रकारको प्रोटिन ‘कोलाजेन’ निर्माणमा प्रमुख भूमिका खेल्छ।

भुइँकटहरका अन्य फाइदा : दममा राहत , मधुमेह नियन्त्रण, प्रजनन क्षमतामा वृद्धि, छालाको स्वास्थ्यका लागि फाइदाजनक,  मुखको स्वास्थ्यमा उपयोगी, दृष्टि सुधार, रक्तचाप नियमित, मुटुको रक्षा, रक्त सञ्चालनमा सुधार, मिर्गौलाको पत्थरी निकाल्छ ।

स्वास्थमा हुने बेफाइदाहरु :

१) भुइँकटहरमा भएको ब्रोमिलेन तत्वका कारण धेरै खाएका बेला दाँत कुँडिन सक्छ ।

२) मधुमेहका बिरामीले क्यानमा राखिएको जुस सेवन गर्नु हुन्न, त्यसमा बढी मात्रामा चिनीको प्रयोग गरिएको हुन्छ ।

३) गर्भवती महिलाले धेरै भुइँकटहर खानाले गर्भपतन हुने खतरा हुन्छ ।

४) यसमा पोटासियम पाइने भएकाले मिर्गौलाका बिरामीले खाँदा ख्याल पुर्‍याउनुपर्छ ।

भुइँकटहरका साइड इफेक्ट :

यसो त कसै-कसैलाई भुँइकटहरको एलर्जी पनि हुन सक्छ । आफुलाई भुँइकटहरको एलर्जी वा साइड इफेक्ट छ कि भन्ने थाहा पाउँन पनि सजिलो छ । यो तलका कुनै पनि लक्षण भुइकटहर खाए पछि देखियो भने तपाईलाई भुइकटहरको एलर्जी भएको हुन सक्छ । ध्यान दिनुहोला ।

१) बान्ता आउन सक्छ । 
२) मुख र गाला सुन्निन सक्छ । 
३) छालामा दाग आउन सक्छ । 
४) पखाला लाग्न सक्छ ।
५) टाउको दुख्ने र रिँगटा लाग्न सक्छ।

(एजेन्सीको सहयोगमा)




भर्खरै