३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकअर्कालाई विश्वास गर्न र चेक गर्न अर्थमन्त्रीको भन्सार कर्मचारीलाई निर्देशन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सारका कर्मचारीहरुलाई एक अर्कालाई विश्वास गर्दै निगरानी पनि गर्न निर्देशन दिनुभएको छ ।

भन्सार विभागले आज आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा उहाँले कार्यालय प्रमुख र अरु, एकअर्कालाई ‘ट्रष्ट बट चेक’ भनेजस्तै त्यहाँभित्र पनि चेक एण्ड ब्यालेन्सको कुराहरु गर्न आग्रह गर्नुभयो ।

भन्सार कार्यालयको स्तरवृद्धि र कर्मचारीहरुको क्षमता वृद्धिका लागि सरकारले पूरा सहयोग गर्ने उल्लेख गर्दै उहाँले उच्च मनोबलका साथ काम गर्न भन्सारका कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

हरेक कार्यालयलाई एक्सन प्लान बनाएर काम गर्न र साना भन्सार कार्यालयका कर्मचारीहरुलाई आफूलाई सानो नठान्न आग्रह गर्दै उहाँले भन्नुभयो, “तपाईंहरु गहन जिम्मेवारीमा हुनुहुन्छ । जेजे जिम्मेवारी दिएको छ उच्च सतर्कताका साथ काम गर्नुहोला ।”