११ असार २०८३, बिहीबार
,
Latest
अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’ साना नदीमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह महामन्त्री पौडेलको प्रश्न: अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो, नेपालमा किन अझै महँगो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप दुई नक्कली सर्टिफिकेटधारी डाक्टर पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेका थप दुई जना पक्राउ गरेको छ ।

शुक्रबार सिआइबीले मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकारलाई पक्राउ गरेको हो । चौधरीलाई मोरङ र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरिएको सिआइबीका प्रमुख एआइजी किरण बज्राचार्यले जनाइन् ।

बिहीबार सिआइबीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने विरुद्ध सञ्चालन गरिएको अपरेशनमा सांसद सुनीलकुमार शर्मासहित ५ जना चिकित्सकलाई पक्राउ गरेको थियो ।

बिहीबार पक्राउ पर्नेमा मोरङ–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद शर्मा, महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.अमित चौधरी, डा.रामबाबु यादव र डा.एरिना शाह रहेका छन् ।

ब्युरोको अहिलेको अपरेशनमा काठमाडौँ उपत्यका र उपत्यका बाहिर गरि १५ जना चिकित्सक निशानामा रहेका बताईएको छ । यससँगै यस अपरेशनमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।