५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

युवाका नीति कार्यान्वयनमा समस्या: युवा सांसद

युवाका नीति कार्यान्वयनमा समस्या: युवा सांसद
फाईल फोटो
अ+ अ-

काठमाडौँ । युवा सांसदहरुले युवाका लागि बनेका कानुन कार्यान्वयनमा समस्या रहेको बताएका छन् । राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बिहीबार यहाँ आयोजना गरेको ‘युवा र उद्यमशीलता बहस’ कार्यक्रममा उहाँहरूले युवाका नीति कार्यान्वयन नहुँदा युवाको क्षेत्रमा काम हुन नसकेको बताउनुभयो ।

सांसद प्रदीप पौडेलले कार्यान्वयन नहुने नीति बनाएर त्यसको अर्थ नहुने बताउनुभयो । उहाँले राज्यले रोजगार, सुशासन, नीतिको सम्बन्धमा समाधानको निष्कर्ष निकाल्न नसकेको आरोप लगाउनुभयो । “शैक्षिक प्रमाणपत्र राखेर विद्यार्थीले कहाँ ऋण पाएका छन् ? सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकबाट युवाले ऋण पाए त ? सामाजिक उत्तरदायित्वअन्तर्गत नक्कली कृषकले ऋण लगेका छन्”, उहाँले भन्नुभयो, “प्रणालीभन्दा पहुँचका आधारमा काम हुने भएकाले युवामा वितृष्णा बढेको छ ।” सरकारले पद्दति, सुशासनको काम गर्न नसकेको पौडेलेको भनाइ थियो । उहाँले सरकार र राजनीतिक दलले युवाको क्षेत्रमा परिमाण दिने गरी र सुशासन प्राप्तिका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सांसद सूर्यप्रसाद ढकालले युवाका क्षेत्रमा बनेका नीतिमा काम गर्न नसकेकाले युवालाई उद्यमशील बनाउन समस्या भएको बताउनुभयो । उहाँले युवाका विषयमा धेरै मन्त्रालयले बजेट छुट्याए पनि उक्त बजेटको सही सदुपयोग हुन नसकेको बताउनुभयो । “योग्य युवा राजनीतिमा नआउने हो भने अयोग्य युवाले राजनीति गरिरहन्छन्”, उहाँले भन्नुभयो– “मुलुकलाई सही दिशामा लैजानका लागि योग्य युवा राजनीतिमा आउनुपर्दछ ।”

सांसद माधव सापकोटाले कृषिलाई आधुनिकीकरण र राज्यले संरक्षण गर्ने हो भने युवाका समस्या केही हदसम्म भए पनि समाधान हुने बताउनुभयो । उहाँले युवाका क्षेत्रमा बनेका कानुन कार्यान्वयनमा जोड दिनुभयो ।

सांसद सुमना श्रेष्ठले नीति कार्यान्वयनमा ध्यान नदिएकाले युवा उद्यमी बन्न नसकेको बताउनुभयो ।

परिषद्को आयोजनामा यस वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सीप विकास’ नाराका साथ दिवस मनाइँदै छ । परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाका क्षेत्रमा सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले दिवस मनाउनका लागि साताव्यापीरूपमा युवा नेतृत्व विकास तथा युवा तथा उद्यमशीलतासम्बन्धी अन्तक्र्रिया, गोष्ठी, रक्तदान, वृक्षरोपणलगायत कार्यक्रम गरिएको बताउनुभयो ।

नेपालमा बर्सेनि साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । अहिले साताव्यापीरूपमा परिषद्को अगुवाइमा दिवस मनाइरहेको छ । युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्त १२ (साउन २७ गते) लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । युवा परिषद् गठन भएसँगै परिषद्कै अगुवाइमा २०७३ सालदेखि नेपालमा युवा दिवस मनाउन थालिएको हो । राष्ट्रिय जनगणना, २०७८ अनुसार युवाको जनसङ्ख्या ४२ दशमलव ५६ प्रतिशत छ । रासस