२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद सुनिल शर्मा पुरानो उजुरीका आधारमा पक्राउ परेका हुन् : महामन्त्री शर्मा



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले उनको निवास गोल्फुटारबाट शर्मालाई आज दिउँसो पक्राउ गरेको हो ।

शर्माको पक्राउ बारे कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले न्यूजपोलारसँग भन्नुभयो, उहाँको बारेमा पुरानो उजुरी रहेछ । त्यो छानबिनकै क्रममा रहेको र सोही बिषयमा पक्राउ परेको आफूहरुलाई जानकारी दिइएको छ ।

पछिल्लो सुन प्रकरणका शर्माको अभिव्यक्तिसँग यो पक्राउ प्रकरण कतै जोडिन्छ कि भन्ने प्रश्नमा शर्माले भन्नुभयो, ‘यो बिषयमा अहिलेलाई नो कमेन्ट ।’

गृह मन्त्रालय स्रोतले भने नक्कली शैक्षिक प्रमाणपत्रको अनुसन्धानका लागि सिआईबीले पक्राउ गरेको बताएको छ । सांसद शर्माको विराटनगरमा नोबेल मेडिकल कलेज रहेको छ ।

सांसद शर्माले पछिल्लो सुन तस्करी प्रकरण बारे गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशशरण महत तथा उनीहरुका मातहतका निकायको संलग्नता रहेको अभिव्यक्ति दिँदै आउनु भएको थियो ।

उहाँले संसदमा समेत आफ्ना भनाई राख्दै यो प्रकरणको छानबिनका लागि पदबाट हटाउनु पर्ने माग राख्नु भएको थियो ।