९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सांसद सुनिल शर्मा पक्राउ



फाईल फोटो
अ+ अ-

काठमाडौं: नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले उनको निवास गोल्फुटारबाट शर्मालाई पक्राउ गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो ।

शिवाकोटीले भन्नुभयो, पछिल्लो समय सुन तस्करी प्रकरणमा बोल्दै आउनु भएका कांग्रेसका सांसद शर्मालाई पक्राउ गरेर सरकारले के गर्न खोजेको हो ?

सांसद शर्माले पछिल्लो सुन तस्करी प्रकरण बारे गृह मन्त्री र अर्थमन्त्री तथा उनीहरुका मातहतका निकायको संलग्नता रहेको अभिव्यक्ति दिँदै आउनु भएको थियो ।

उहाँले संसदमा समेत आफ्ना भनाई राख्दै यो प्रकरणको छानबिनका लागि पदबाट हटाउनु पर्ने माग राख्नु भएको थियो ।