• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

सोमबारदेखि घट्दो क्रममा सुनको मूल्य, आज सात सयले घट्यो



काठमाडौँ । सोमबारदेखि लगातार घटेको सुनको मूल्य आज चौथो दिन पनि घटेको छ । सोमबार एक सय रुपैयाँ, मंगलबार तीन सय रुपैयाँ र बुधबार एक सय रुपैयाँले घटेको सुनको मूल्य आज बिहिबार तोलामा सात सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैँयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैँयामा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख दश हजार सात सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो बुधबार तेजाबी सुनको मूल्य एक लाख ११ हजार चार सय ५० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज बजारमा चाँदीको मूल्य पाि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटि १३ सय ८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।