४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री

सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालनको तयारी

सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालनको तयारी
अ+ अ-

काठमाडौँ । सरकारले आगामी असोजदेखि भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने गरी तयारी अघि बढाएको छ । असोज १ गतेदेखि नै सुरु गर्ने भनिए पनि वर्षाका कारण कतिपय काम गर्न नसकिएकाले केही दिनपछि सुरु हुनसक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

सूर्यविनायक–रत्नपार्क द्रुतमार्गमा पहिले सडक विभागले काम गर्ने र त्यो सकिएपछि नै यातायात व्यवस्था विभाग तथा अरू निकायको काम हुने यातायात विभागका प्रवक्ता ईश्वरदत्त पनेरुले जानकारी दिनुभयो । सडक विभागले त्यसका लागि आवश्यक खण्ड सडक छुट्याएर ‘रोड मार्किङ’ गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडकको काम सकिएपछि अरू निकायको काममा समय धेरै लाग्दैन ।”

सडक विभागले गर्ने काम सकिएपछि अरू निकाय तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । यातायात व्यवसायीले सवारी साधन उपलब्ध गराउन तयारी अवस्थामा रहेको र ट्राफिक प्रहरीले आफूले गर्ने काम गर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सबैभन्दा पहिले सडकको काम नै हुनुपर्‍यो, त्यो सकिएपछि बैठक राखेर कार्यान्वयन कहिलेदेखि गर्ने भनी निर्णय हुनेछ ।”

अहिलेको अवस्था हेर्दा असोज १ गतेदखि नै सुरु गर्ने सम्भावना कम रहेको प्रवक्ता पनेरुले जानकारी दिनुभयो । वर्षाको समय भएकाले सडक विभागले काम गर्न केही समस्या भएको छ । पार्किङका लागि अध्ययन पहिले नै भइसकेर बनाउन वर्षाका कारण नसकिएको उहाँले बताउनुभयो ।

असोज भित्रै गरिने भए पनि पहिले लक्ष्य लिइएकोभन्दा आठ–१० दिन तलमाथि हुनसक्ने उहाँको भनाइ छ । कुन मितिबाट बस सुरु हुन्छ भन्ने कुरा सडक विभागको काममा निर्भर रहेको छ । यातायात व्यवस्था विभागले समन्वय, सहकार्य र नियमनकोे काम गर्ने उहाँको भनाइ छ । दु्रतमार्गका लागि सडकको दुवैतर्फको लेन छुट्याइने गरी तयारी गरिएको उहाँले बताउनुभयो ।

काठमाडौँ उपत्यकामा अत्यधिक सवारी साधनको चापका कारण यात्रु सार्वजनिक यातायातमा समयमै गन्तव्यमा पुग्न कठिन भएपछि मन्त्रालय आफैँले द्रुत बस सेवा सञ्चालनको व्यवस्था गर्न लागेको जनाएको छ । पहिलो चरणमा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म बस सञ्चालन गर्न लागिएको हो । आगामी दिनमा अन्य रुटमा पनि चलाउन सकिने विभागले जनाएको छ ।

मन्त्रालयले राम्रो अवस्था र क्षमताका निजी कम्पनीका बस छनोट गरी दु्रत बस सेवा सुरु गर्न लागेको हो । तत्कालका लागि द्रुत बस सेवा सवारीसानधको चाप बढी हुने समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ । त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा ल्याउने तयारी गरिएको छ । रासस