१४ पुष २०८१, आईतवार
,
Latest
नेपाल जेसिजका निवर्तमान अध्यक्ष पोखरेल एमाले प्रवेश प्यान कारोवारको दायरा वृद्धि गरी २ करोड बनाउन राष्ट्रिय व्यवसायी महासंघको माग दक्षिण कोरिया विमान दुर्घटना: १७७ जनाको मृत्यु, अवतरणका क्रममा पाङ्ग्रा खुलेनन् अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक : प्रधानमन्त्री वन्यजन्तु संरक्षणमा सदर चिडियाखानाको भुमिका उल्लेखनीयः वनमन्त्री ठकुरी जब सोनु सुदलाई मुख्यमन्त्री पदको प्रस्ताव गरियो सखुवा प्रसौँनी गाउँलिकाका पूर्व अध्यक्ष जयसवाललगायत हजारौं एमालेमा प्रवेश श्रीलंकाको लागि नेपाली राजदुतमा पूर्णबहादुर नेपाली सर्वसम्मत अनुमोदित नेप्से परिसूचक २१ अङ्कले घट्यो पेस्तोलसहित एक युवक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिमा भागवण्डा मिलाएर संसद खुलाईयो: रवि लामिछाने (भिडियोसहित)



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रमुख तीन दलका शीर्ष नेताहरुले संसद बन्धक बनाएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले सभामुखले तय गरेको समयमा बैठक अनिवार्य सुरु हुने व्यवस्था गर्न माग गरे ।

उनले भने, ‘तीन जना नेताहरु मिलेर सल्लाह गर्नुपर्ने भए संसदको समय कहिले सुरु हुन्छ भनेर जारी भइरहेको पछि त्यो समयलाई मध्यनजर राखेर मिल्नुपर्ने कुराहरु मिल्ने? मिलाउनुपर्ने कुरा मिलाउने किन गर्न सक्दैनन् । हाम्रो आरोप अनुसार यो बार्गेनिङ रातारात बसेर किन गर्न सक्दैनन् । सदन चल्ने बेलामा नै किन गरिन्छ ?’

तीन ठूला दलको बार्गेनिङको कारणले संसद बन्धक बनाउन नपाइने उनको माग छ । उनले संसदीय समितिमा भागवण्डा मिलाएर अहिले संसद खुलाएको आरोप लगाउदै भने, ‘संसदीय समितिको भागवण्डाको कुरा मिलेर भागवण्डा मिलेर संसद सहज भएको सुन्नमा आएको छ, यदि त्यसो हो भने हामी खुशी छौं, राष्ट्रिय स्वतन्त्र पार्टी सैद्धान्तिक हिसाबले प्रमुख प्रतिपक्ष बन्न गयो’ ।