५ श्रावण २०८३, मंगलवार
,
Latest
बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पा बस दुर्घटना अपडेट: चार जनाको मृत्यु, १४ घाइते



अ+ अ-

काठमाडौँ । रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते रहेका छन् । मंगलबार दिउँसो १ बजे त्रिवेणी गाउँपालिका–७ को तिलाभन्दा करिब ३ किलोमिटर टाढा बस दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार घाइतको उद्धार गरी स्थानीय मेडिकल र स्वास्थ्य चौकीमा उपचारका लागि पठाइसएिको छ । घाइतेलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकी र मेडिकलमा पठाइए पनि थप उपचारका लागि दाङको घोराही वा जिल्ला अस्पतालमा पठाउने भन्नेबारे छलफल भइरहेको बताइएको छ ।

प्रहरीका अनुसार रोल्पा बागमाराबाट घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्गअन्तर्गत सडकबाट करिब ९० मिटर तल खसेको थियो ।

सवारी चालक फरार रहे पनि दिउँसो २ बजे सशस्त्र प्रहरीको सम्पर्कमा पुगेको बताइएको छ । वर्षाले सडक चिप्लो भएकाले दुर्घटना भएको अनुमान प्रहरीको छ।