४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

सालको पातले धानेको जीवन

सालको पातले धानेको जीवन
अ+ अ-

जानकी । केशव केवट हरेक बिहान ५ बजे नै नेपालगञ्जको त्रिभुवन चोकमा सालको पातको टपरी खुट्दै गरेको अवस्थामा भेटिनुहुन्छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–८ घरियारन टोलका केवट श्रीमती सोनीलाई टपरी खुटेर बेच्नका लागि हरेक बिहान ५ बजे नै उक्त चोकमा भेटिनुहुन्छ । उमेरले भर्खरै ३० लाग्नुभएका केवटलाई सालको पातबाट दुनाटपरी, बोहोता जस्ता सबै प्रकारका सामान बनाउन आउँछ ।

विगत पाँच वर्षदेखि सालको पातबाट हाते सामान सडकमै बसेर बनाउँदै र बिक्री गर्दै केवटको परिवारले घरको गुजारा चलाउँदै आएको छ । प्रत्येक बिहान पाँच बजे श्रीमतीलाई सघाउन सडकको एक छेऊमा सालको पातको टपरी बुन्दै र बेच्दै गर्ने केवटले दिउँसो फर्निचरको काम गरेर आय आर्जन गर्नुहुन्छ ।

“म बिहान श्रीमतीलाई पात खुट्नमा सघाउँछु । अनि दिउँसोमा फर्निचर पसलमा काम गर्ने गर्छु ।’ उहाँले भन्नुभयो, “उब्जनी गर्न जग्गा छैन, पेट पाल्नका लागि मजदूरी गर्नै पर्ने हुन्छ ।”

सालको पातले घर चलाउन सजिलो भएको केवट बताउनुहुन्छ । तीन सन्तानका अभिभावक केशव र उनकी श्रीमती सोनी सालको पात टिप्न झण्डै सोह्र किलोमिटर टाढाको सामुदायिक वनमा जानुुहुन्छ । वन हेरालुको आँखा छलेर सालको पात टिप्ने गरेको सोनीले बताउनुभयो । “आफ्नो वन छैन अर्काको सामुदायिक वनमा गएर लुकिलुकी पात टिप्नुपर्छ । वन हेरालुले भेटाए भने जरिवाना तिर्नुपर्छ ।” उहाँले भन्नुभयो,“हामी धेरै पटक लुकेर पात टिप्दा कारबाहीमा परेका छौँ । जरिवानास्वरुप हामीले रु एक सयदेखि रु ५० सम्म तिर्ने गरेका छौँ ।”

एक बिहानमा एक बोरा सालको पातबाट रु आठ सय जति कमाइ हुने सोनीले बताउनुभयो । घरखर्च, छोराछोरीको पढाइखर्च, रोग लाग्दा उपचारखर्चदेखि पाहुनाको सबै खर्च यसैबाट चल्ने भएकाले यो कमाइले घर चलाउन गाह्रो भएको उहाँले बताउनुभयो । “दिनको आठ सय जति कमाइले सबै कुरा चलाउनु पर्दा बचत हुनै पाउँदैन ।” छोराछोरीको भविष्यका लागि थोरै भए पनि रकम बचत गरिदिने रहर सोनीको रहरमै सीमित भएको छ ।

सोनीसँगै उहाँका छिमेकी मखाना केवट र सोनारा केवटले पनि सालको पात बेचेरै घर चलाएको पाँच वर्षभन्दा बढी भएको छ । पैँतीस वर्षीया मखानाका छ सन्तान छन् । सोनाराका पाँच सन्तान छन् । उहाँहरु दुबै जनाको साँझ बिहानको छाक नै सालको पातबाट कमाइ भएको पैसाले टार्ने गर्दछ ।

घरदेखि जङ्गल आउँदा र जाँदा झण्डै १६/१७ किलोमिटरको दुरीमा साइकल चलाएर आफै पात टिप्ने र बिहानै सडकको एक छेऊमा ग्राहले चाहे जस्तै दुनाटपरी खुटेर बेच्नु मखना र सोनाराको दैनिकी नै बनेको छ । केशव र उहाँकी श्रीमती सोनीको जस्तै । वर्षौंदेखि सालको पात बेचेरै गुजारा चलाउँदै आउनु भएका चारै जनाले टपरी हातैले बनाउनुहुन्छ ।

बाँकेको राप्तिसोनारी गाउँपालिका–६ को खल्लाटपरीबाट बोरामा सालको पात भरेर दिन बिराएर बिहानै झिसमिसेमै नेपालगञ्जको त्रिभुवन चोकमा पात बेच्न आइपुग्नुहुन्छ कविता हमाल । रुकुमबाट बसाइँसराइ गरी खल्लाटपरीमा आउनुभएकी कविताले सालको पात बेच्न थालेको झण्डै सात वर्ष भएको छ ।

दिनको रु छ सय जति कमाइ हुने उल्लेख गर्दै कविताले आफ्नै मेहनतमा थोरै भए पनि पैसा जोहो गर्न पाएकामा खुसी लागेको बताउनुभयो । ‘सामान्य घरखर्च र मेरो आफ्नै खर्च मैले यही सालको पात बेचेरै जुटाएको हुन्छु ।” श्रीमान्ले भारतमा कमाएको पैसाको मुख वर्षमा एक पटक देख्न पाइने उल्लेख गर्दै उहाँले आफ्नो कमाइबाट जोहो टार्न पाएकामा आफुलाई स्वाबलम्बी महिला भन्न रुचाउनुहुन्छ कविता ।

कवितासँगै सोही ठाउँबाट सीता खड्का र रमा थापा पनि एकाबिहानै नेपालगञ्ज साइकलमा बोरामा बाँधिएको सालको पात लिएर बेच्नका लागि आइपुग्नुहुन्छ । रमाले सालको पात बेच्न सुरु गरेको सात महिना मात्रै भएको छ भने सीताले तीन वर्ष भएको छ ।

घर नजिकैको सामुदायिक वनबाट पात टिपेर नेपालगञ्जमा बिक्री गर्न आउने सीता र रमाको पनि कमाइ एक बिहानको रु चार सयदेखि रु पाँच सय सम्मको हुने गर्दछ । सालको पात बेचेरै अरुले पैसा कमाएको देखेर रमाले पनि सोही काम गर्न थालेको बताउनुभयो ।

सुरुमा लाज र अप्ठ्यारो लागे पनि हिजोआज भने रमाइलो लाग्ने गरेको सीता र रमा बताउनुहुन्छ । नेपालगञ्जको मुटु मानिने त्रिभुवन चोकमा सालको पातसँगै बजारमा पालिने पुशुचौपायालाई खुवाउनका लागि घाँस पनि बेच्न राखिएको हुन्छ । घाँस बेचेरै जीविकोपार्जन गर्दै आएकाहरु हिजोआज सजिलै घाँस पाउन छाडेपछि पेसा परिवर्तन गर्दै जङ्गलबाट सालको पात टिपेर बेच्न थालेको पाइन्छ । उहाँहरुले सालको पातलाई मुठा बनाएर बेच्ने मात्र गर्नुहुन्न पातबाट बन्ने सबै प्रकारका सामग्री हातैले बनाएर बेच्ने गर्नुहुन्छ । वर्षाको समयमा जङ्गलमा गएर पात टिप्न समस्या भएकै कारण केही महिना रोकिए पनि वर्षा सकिएलगत्तै उक्त चोकमा सालको पात प्रत्येक बिहान मुठाको रु २५ का दरले किन्न पाइन्छ । रासस