२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो खेलमा पनि वेस्ट इन्डिजले भारतलाई हरायो, सिरिजमा २–० को अग्रता



अ+ अ-

एजेन्सी । वेस्टइन्डिजले दोस्रो टि२० आई खेलमा पनि भारतमाथि रोमान्चक जित हात पारेको छ । भारतलाई दुई विकेटले पराजित गर्दैघरेलु टोली वेस्टइन्डिजले पाँच खेलको सिरिजमा २–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ५३ रनको मध्यम लक्ष्य पछ्याएको वेस्टइन्डिजले १८.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजको जितमा विकेटकिपर निकोलस पुरनले ६ चौका र ४ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिए । १४ औं ओभरको अन्तिम बलमा निकोलस पुरन आउट भए ।

भारतलाई कप्तान हार्दिक पान्ड्याले पहिलो ओभरमै दुई विकेटको साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । २–२ को अवस्थाबाट कायल मेयर्स ७ बलमा १५ रन बनाउदै अर्शदीप सिंहको बलमा एलबीडब्लू आउट भए । त्यतिबेला वेस्टइन्डिज ३.४ ओभरमा ३२–३ को दयनिय अवस्थामा रहेको थियो ।

चौथो विकेटका लागि रोभम्यान पावेल १९ बलमा १ चौका र १ छक्कासहित २१ रनमा क्याच आउट भए । पाँचौं विकेटका लागि पुरन र शिम्रन हेटमायरले ३७ रनको साझेदारी गरेका थिए । हेटमायर २२ रनमा आउट भए । यस्तै, जेसन होल्डर स्टम्पिङ आउट हुँदा अकिल हुसैन र अल्जारी जोशेफले २.५ ओभरमा २६ रनको अविजित साझेदारी गर्दै रोमाञ्चक जित दिलाए । अकिल हुसैन १६ तथा अल्जारी जोशेफ १० रनमा नट आउट रहे ।

भारतको लागि हार्दिक पान्ड्याले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । युजभेन्द्र चहलले २ विकेट लिए भने अर्शदीप सिंह र मुकेश कुमारले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । भारतका लागि तिलक बर्माले ४२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए । विकेटकिपर ईशान किशन २७ रनमा आउट हुँदा ओपनर शुभमन गिल ७ रनमा क्याच आउट भए ।

यस्तै, सूर्यकुमार यादव एक रनमा बनाएर पेभेलिएनमा फर्किदा कप्तान हार्दिक पान्ड्या २४, सन्जु स्यामसन ७ र अक्षर पटेल १४ रनमा आउट भए ।

वेस्टइन्डिजका स्पिनर अकिल हुसैन, अल्जारी जोशेफ र रोमारियो शेफर्डले समान दुई दुई विकेट लिए ।

यस सिरीजको पहिलो खेलमा पनि वेस्टइन्डिजले भारतलाई चार रनले हराएको थियो । तेस्रो खेल मंगलबार, चौथो खेल शनिबार र पाँचौं खेल आइतबार हुनेछ ।