२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मणिपुरमा फेरि हिंसा, बाबु-छोरासहित तीन जनाको हत्या



अ+ अ-

एजेन्सी। मणिपुरमा फेरि हिंसा सुरु भएको छ । आज बिहान मणिपुरको विष्णुपुर जिल्लामा भएको ताजा हिंसामा बाबु-छोरासहित तीन जना गाउँलेको हत्या गरिएको मिडिया स्रोतले जनाएको छ। मृत्यु हुने तीनै जना मेइती समुदायका थिए ।

संदिग्ध आतंककारीहरूले बिहान २ बजे विष्णुपुरको क्वाक्टा नजिकै उखा टम्पक गाउँमा आक्रमण गरे र अन्धाधुन्ध गोली चलाएका प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार आक्रमणकारीहरूले सुतिरहेको अवस्थामा तीनै जनाको गोली हानी पछि तरवारले काटेर विभत्स तरिकाले हत्या गरेका थिए । आक्रमणकारीहरु शनिबार बिहानै चुराचन्दपुरबाट आएको बताईएको छ ।

मणिपुरमा मेइती समुदाय र आदिवासी कुकी समुदायबीच तनावको वातावरण छ । यस वर्षको मे महिनाबाट सुरु भएको हिंसामा १८० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने हजारौं मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।