४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

धनुषामा चोरीका घटना बढे: यस्तो छ तीन आर्थिक वर्षको तथ्यांक

धनुषामा चोरीका घटना बढे: यस्तो छ तीन आर्थिक वर्षको तथ्यांक
अ+ अ-

जनकपूर । पछिल्लो समय धनुषामा बेरोजगारी तथा लागुऔषध दुव्र्यसनीहरुको संख्या बढ्दै जान थालेपछि चोरीका घटनाहरुमा वृद्धि भएको छ ।

पछिल्ला वर्षहरुको तुलनमामा धनुषामा चोरीका घटनाहरु दोब्बरले वृद्धि भएको हो । जनकपुरधाम लगायतको स्थानमा मोबाइल चोरी, पाकेटमारी, मोटरसाइकल चोरी लगायतका घटनाहरु हुनु सामान्य जस्तै भइसकेको छ । गत आर्थिक वर्ष २०७९/८० मा धनुषामा ५ सयभन्दा बढी चोरीका घटनाहरु भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत आर्थिक वर्षमा ५ सय ८७ वटा चोरीका घटना भएको छ । जबकि आर्थिक वर्ष २०७८/०७९ मा २५१ र आर्थिक वर्ष २०७७/०७८ मा २४० वटा चोरीका घटनाहरु भएका थिए ।

गत आर्थिक वर्षमा समेत उजुरी दिन आउनेको संख्या न्युन रहेकाले ४७४ वटा घटनामा अभद्र व्यवहार मुद्दा चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताउनु भयो । उहाँले चोरीका घटनाहरु बढी देखिएपनि उजुरी कमै आउने गरेकाले अभद्र व्यवहारमा मुद्दा चलाउनुपर्ने बताउनु भयो । आर्थिक वर्ष २०७८/०७९मा २५१ वटा चोरीको घटना हुँदा १३३ घटनामा अभद्र व्यवहार मुद्दा र २०७७/०७८ मा २४० चोरीका घटना हुँदा १५९ घटनामा अभद्र व्यवहार मुद्दा चलाउनु परेको बताउनु भयो ।

चोरीका घटनाहरुमा अधिकांश युवाहरु सक्रिय रहेको पाइएको जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांकले देखाउँछ । ८० प्रतिशतभन्दा बढी घटनामा २५ वर्ष मुनिका युवाहरु चोरीमा संलग्न रहेको पाइएको हो । अभिभावकले समय नदिने, अभिभावक वैदेशिक रोजगारमा गएकाहरुको सन्तान र लागुऔषध दुव्र्यसनको कुलतमा फसेका युवाहरु आफ्नो दुव्र्यसनको ईच्छापूर्तीका लागि चोरी गर्ने गरेको प्रहरी नायव उपरीक्षक गौतमले बताउनु भयो ।

चोरीका घटनाहरुमा वृद्धि हुँदा जिल्ला प्रहरी कार्यालय धनुषाले चोर पक्राउ गर्ने अभियानलाई समेत तिब्र्र बनाएको छ । चोरीका घटनाहरुलाई निर्मुल पार्नका लागि विशेष सुरक्षा योजना बनाई प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली परिचालन, रातको समयमा पैदल गस्ती, एम्बुस टोली परिचालन, सीमानाकामा जाँचमा कडाइ, भीडभाड हुने ठाउँमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको गौतमले बताउनु भयो ।

मोटरसाइकल, साइकल, हेल्मेट, घरको सामग्री चोरी, धर्मशाला र मन्दिरमा चोरी तथा लुटपाट, पसलबाट नगद चोरी लगायतका घटनाहरुमा वृद्धि हुँदै गइरहेको गुनासो बढ्न थालेपछि धनुषा प्रहरीका लागि यसलाई नियन्त्रण गर्न चुनौतिको विषय बन्दै गइरहेको छ ।