२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल

एम्बुलेन्स चालकका पीडा

एम्बुलेन्स चालकका पीडा
अ अ+ अ-

भजनी । कोरोनाको महामारीमा पनि ठूलो जोखिम मोलेर बिरामीहरुको सेवामा लागेका एम्बुलेन्स चालकहरुको पीडा निकै मर्मस्पर्शी रहेको छ । महामारीको समयमा सबै जना घरमा सुरक्षित भएर बस्दा सङ्क्रमित हो भन्ने थाहा पाउँदापाउँदै पनि बिरामीका लागि दौडिरहेका एम्बुलेन्स चालकहरु आफूलाई भन्दा बढी चिन्ता यो समयमा आफ्नो परिवारको रहेको बताउने गर्दछन् ।

कैलालीको टीकापुरका लोकेन्द्रबहादुर ठकुरी टीकापुर अस्पतालको एम्बुलेन्स चलाउनुहुन्छ । त्यो पनि कोरोना सङ्क्रमितलाई बोक्नको लागि मात्रै । शुरुआती दिनहरुमा निकै अप्ठ्यारो भएको बताउदै लोकेन्द्रले अहिले आफूलाई त्यस्तो असजिलो अनुभव नभएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कारोनाका बिरामी बोकदाबोक्दै कतै आफू पनि सङ्क्रमित त भएको छैन भन्ने आशङ्का भने जहिले नै हुने गर्दछ । आफ्नै कारणले परिवारका सदस्यलाई समेत सङ्क्रमण हुने हो कि भन्ने चिन्ता लाग्ने गर्दछ ।”

“पहिले त धेरै डर लाग्थ्यो । कामै सङ्क्रमित बोक्ने भएपछि विस्तारै सबै डर हराएको छ ।” लोकेन्द्रले भन्नुभयो, “डर त्यतिबेला लाग्छ जतिबेला घर जाने समय हुन्छ । आफ्नोभन्दा बढी अरुलाई सर्ने हो कि भन्ने हुन्छ ।” लोकेन्द्रको चार जनाको परिवार छ । “अस्पतालले बस्नको लागि कोठाको सुविधा त दिएको छ । खाना खान घरै जानुपर्छ । घर जादा छुट्टै घरबाहिरबाटै खाना खाएर निस्कन्छु ।” लोकेन्द्रले भन्नुभयोे, “सबैभन्दा बढी चिन्ता छोराछोरीको हुने गरेको छ । छोराछोरी नजिक परिहाल्छन् । दिनभर सङ्क्रमित बोकेर घर जादा घरमा पनि त्रास हुन्छ । आफूलाई पनि ।”
 
अस्पतालमा कोरोना सङ्क्रमितलाई बोक्नको लागि छुट्टै एम्बुलेन्स छ । प्रायः अन्य एम्बुलेन्स गाउँबाट सङ्क्रमित ल्याउनुपर्ने भए जाँदैनन् । थप उपचारका लागि अन्यत्र पठाइएका बिरामीलाई भने अन्य एम्बुलेन्सले नै बोक्ने गरेका छन् । 

टीकापुरका कृष्णबहादुर शाही २०६४ देखि टीकापुर अस्पतालको एम्बुलेन्स चलाउँदै आउनुभएको छ । यतिबेला कोरोनाका बिरामी बोक्नु पर्दा उहाँलाई पनि आफ्ना कारणले परिवारका अन्य सदस्यलाई सङ्क्रमित हुने हो कि भन्ने चिन्ताले सताउने गरेको छ । आफूमा त त्यस्तो त्रास नभएपनि घरपरिवार भने सधैँ त्रासमै रहेको शाही बताउनुहुन्छ । “हामी एम्बुलेन्स चालक सबैभन्दा बढी जोखिममा छौँ । दिनभर बिरामी बोक्नुपर्छ । साँझ घर पुग्दा घरमा त्रासको वातावरण हुन्छ ।” शाहीले भन्नुभयो, “हामी त जोखिममा छौँ नै हाम्रा कारणले परिवार समेत जोखिममा छ ।” 

उहाँले आफ्ना कारण परिवार मात्रै नभई छिमेकीलाई समेत त्रास रहेको बताउनुभयो । एम्बुलेन्स चालकमा परिवारबाट छिमेकीहरु पनि टाढिएका छन् । त्यसले परिवारमा झन मानसिक चिन्ता थपेको उहाँहरुको गुनासो रहेको छ ।

कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको व्यवस्था गरिएको भएपनि एम्बुलेन्स चालकहरूले खाइपाइ आएको भन्दा अन्य कुनै सुविधा नपाएको गुनासो गरेका छन् । त्यति मात्र नभई सङ्क्रमित बोक्दा पिपिई समेत पाउन नसकिएको गुनासो एम्बुलेन्स चालकको रहेको छ । 

टीकापुरकै मुक्तिप्रसाद भट्टले नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरको एम्बुलेन्स चलाउनुहुन्छ । दश वर्षदेखि एम्बुलेन्स चलाउँदै आउनुभएका भट्टले थुप्रै बिरामीलाई एम्बुलेन्समा सवार गरेको भएपनि अहिले जस्तो कठिन अवस्था यो भन्दा पहिला कहिल्यै नआएको बताउनुभयो । उहाँ मनभित्र जतिसुकै त्रास भएपनि काम गर्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । “बस्नका लागि अफिसमै व्यवस्था गरिएको भए पनि खाना खान घर जानुपर्ने भएका कारण छुट्टै त्रास हुन्छ” भट्टले भन्नुभयो, “परिवारसँग बसेर खाने, भलाकुसारी गर्ने रहर भएपनि घरको बरण्डाबाटै खाना खाएर फर्किनुपर्छ ।” 

उहाँले कैयौं सङ्क्रमितलाई सेवा दिएको भएपनि उच्च मनोबल र सावधानीका कारण अहिलेसम्म कोरोनाको सङ्क्रमणले छुन नसकेको बताउँदै स्वास्थ्य सावधानी र उच्च मनोबल नै कोरिनाको औषधि भएको बताउनुहुन्छ । टीकापुर अस्पतालको समन्वयमा अहिले आठ एम्बुलेन्स सञ्चालनमा रहेका छन् । गाउँसम्म कोरोनाको सङ्क्रमण फैलिएको हुँदा शुरुमै कुन कोरोना सङ्क्रमित हो भनेर छुट्याउन समस्या भएका कारण पनि एम्बुलेन्स चालक बढी जोखिममा रहेका छन् ।

-झलनाथ खनाल