मदन भण्डारीको राजनीतिक उदय त्यतिखेर भयो जतिखेर नेपाल निरंकुश राजतन्त्रबाट बहुदलीय प्रजातान्त्रिकरसंवैधानिक राजतन्त्रात्मक व्यवस्थामा संक्रमण हुँदै थियो भने सोभियत संघ र पूर्वी युरोपमा समाजवादको पतन भई रहेको थियो । यसर्थ दुई ध्रुवीय विश्व संरचनामा एउटा ध्रुव पछि धकेलिएको अवस्था थियो कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्था धकेलिएको थियो ।
मुलुक भित्रको त्रि–शक्ति सन्तुलनको एउटा पक्षको हैसियतमा नेपाली कम्युनिष्ट आन्दोलनले लिने दिशा तरवारको धारमा हिड्नु जत्तिकै जोखिमपूर्ण थियो मुलुकमा स्थापित पुँजीवादी प्रजातन्त्रको यस स्वरुपलाई कसरी ग्रहण गर्ने र कस्तो कार्य दिशा लिने भनेर निर्णय लिनु रणनीतिक महत्वको काम थियो । यो संगिन घडी थियो र यहाँ दुइटा उत्ताउला काम हुन सक्थे, मार्क्सवादी साहित्यमा भनिने गरिएका दक्षिणपन्थी अवसरवादी विचलन र उग्र वामपन्थी भडकाव (यी दुइटैले ल्याउने त विसर्जन नै हो ) मुलुकमा स्थापित पुँजीवादी प्रणालीलाई कसरी हेर्ने र ग्रहण गर्ने ? सामाजिक क्रान्तिको सामाजिक मिसन बिर्सने र सत्ताको शान र सुविधामा हेलिने, वा निरन्तर क्रान्तिको नाममा क्रान्तिकारी शब्दाडम्बरको फेरी लगाई रहने वा अर्को पनि विकल्प छ ।
हो पुँजीवादी प्रजातन्त्रलाई धोखाधडीको रुपमा प्रयोग गरिदै आएको इतिहास छ तर के त्यतिकै भरमा यसलाई अस्विकार गर्ने या त्यसलाई पनि मुक्तिको उपकरणको रुपमा ग्रहण गर्ने ? सुधारवादी संघर्षको उपादेयतालाई जण्ड क्रान्तिकारीको नाममा अस्विकार गर्नु जायज हुन्छ ? मदन भण्डारीले बिना लक्कनछप्पन व्यवहारिक सोंचको अगुवायी गरे । पुँजीवादी प्रजातन्त्रका रुप पक्षलाई क्रान्तिकारी सारमा कलमी गरे बहुदलीय प्रणाली, कानुनि शासन, मानव अधिकार, शक्तिको प्रथाकिकरण जस्ता विषयलाई क्रान्तिकारी जनसत्ता, मिश्रित अर्थतन्त्र र आधुनिक संस्कृतिु निर्माणमा सजाए त्यसलाई उनले जनताको बहुदलीय जनवादमा लिपिवद्ध गरे तर त्यस पछि उनले त्यति मौकै पाएनन् ।
उनि कम्युनिज्म ओरालो लागिरहेको बेलाका 'Karl Marx lives in Nepal’ भनेर चिनाउदै थिए उनले तिघ्रा न कमाई महाकालीको पानीमा देशभक्तिको खाँडो जगाका पनि हुन्। उनको विश्वास र उनका कर्म उनका वैरीहरुको निम्ति सह्य थिएन, जसका निम्ति उनले पार्टीका अर्का नेता जीवराज आश्रित सहित शहादत दिनु पर्यो र उनिहरुको रहस्यपूर्ण हत्या गरियो ।
त्यस पछिका ३ दशक गुज्रेका छन् मदनको अवसान पछि मदनले कोरेको लक्ष्मण रेखामा कम्युनिष्ट आन्दोलन टिक्न सकेन यो दक्षिणपन्थी अवसरवादी विचलन र उग्र वामपन्थी भडकावको तानातानमा पर्यो दक्षिणपन्थी अवसरवादी विचलनले उग्र वामपन्थी भडकावको निम्ति वारुद तैयार गरिदियो भने उग्र वामपन्थी भडकावले दक्षिणपन्थी अवसरवादी विचलनलाई खोर बाख्री खोर गर्यो । मदन भण्डारीलाई उनका आलोचकले भन्दा पनि उनका खाँटी अनुपायी हुँ भन्नेहरुले आफ्नो विचलनलाई छोपछाप पार्न विकृत रुपमा प्रस्तुत गरे ।
देख्नलाई तिनको देवपुजनु त देखिन्छ तर उनको आत्मा कहिले पोलेर खाए खाए ! यो त्यति बेलै देखि सुरु भयो जव तिनले उनको बहुदलीय जनवादको रुप पक्षलाई सिद्धान्तको सार र शास्वत पक्ष भनेर भाष्य बाढ्न थाले । अर्को दुःखद पक्ष यस बीचमा उग्र वामपन्थी भडकावले पनि सम्यक पाठ सिक्न सकेन सुखद कुरा यस बीचमा यस आन्दोलनका दुई ठुला धार एकीकृत भएर मुलधार बनेका पनि हुन । परन्तु आन्दोलन भित्रैका हस्तीहरुको आकांक्षालाई उरालेर त्यो एकता भाँडियो पनि ।
तिनीहरु के स्थापित गर्न कोशिस गरी रहेका छन् भने कम्युनिष्ट आन्दोलन पनि अन्ततः शक्तिकै चेस बोर्ड न हो । आन्दोलन भित्रको जडवत बनेर बसेको प्रणालीगत समस्या हल न हुँदाको दुस्परिणाम पनि यो आन्दोलन अहिले भोगि रहेको छ । यो अहिले जो उद्विग्न र उद्वेलित छ। त्यसमा सम्यक प्रज्ञा र सम्यक साधनाुको निम्ति दवाव पनि छ । त्यसको निम्ति सामाजिक मिसन प्रतिको निष्ठा, सामुहिक नेतृत्व र संस्थागत विधिको धर्म अनुशरण गर्नु मात्रै उत्तम उपाय हो ।
-लेखक कार्की नेकपा एमालेका नेता हुनुहुन्छ











