२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले लिए शपथ



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले शपथ लिनुभएको छ । दुवै मन्त्रीलाई आज प्रदेशप्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराउनुभएको हो ।

नवनियुक्त आन्तरिक मामिला, कानून, युवा तथा खेलकूदमन्त्री सीता नेपाली र आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा ९ र धारा १७० को उपधारा १ बमोजिम आइतबार साँझ मन्त्री नियुक्त गरेको थियो । 

आन्तरिक मामिलामन्त्री नेपाली र आर्थिक मामिलामन्त्री शर्माले आजै पदभार ग्रहण गर्नुभएको छ । सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैँले सम्हाल्नुभएको छ ।