२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा छ: अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेकोे बताउनुभएको छ ।

बिहीवार महासंघले आयोजना गरेको आर्थिक नीतिले परिवर्तन गरेका कर नीति र मौद्रिक नीतिको असर विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति कार्यान्वयनका लागि सर्कुलर क्रमश: जारी भइरहेको बताउँदै निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेको बताउनु भयो । उहाँले सरकारले ल्याएको बजेट र मौद्रिक नीति दुवैले वर्तमान आर्थिक समस्याको समाधान तत्कालै गर्नेगरी आउन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अर्थतन्त्रका वर्तमान आर्थिक समस्या तत्काल समाधान गर्नेगरी सरकारले ल्याएको बजेट र मौद्रिक नीति दुवैमा आएन । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति कार्यान्वयनका लागि सर्कुलर क्रमश: जारी भइरहेको छ । निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेको छ ।’

उहाँले निजी क्षेत्रले घरजग्गा लगायतका विषयमा दिएको सुझावलाई सम्बोधन गरिएको बताउनु भयो । रासस