४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

माओवादी नेता भन्छन्– सरकारले थालेका जनप्रिय कामको समर्थन छ

माओवादी नेता भन्छन्– सरकारले थालेका जनप्रिय कामको समर्थन छ
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले थालनी गरेको सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहितका जनप्रिय कामको समर्थन गरेका छन् ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा उनीहरूले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकारले चालेको कदमले जनतामा नयाँ आशा र विश्वास जगाएको उल्लेख गरेका छन् । सदस्यहरूले अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनको मूल ‘स्प्रिट’को समर्थन गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा सरकारले लिएको पहल र पार्टी पुन:निर्माणका पक्षमा आ–आफ्ना सुझाव प्रस्तुत गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

सहभागीले पार्टीको ऐतिहासिक आठौँ महाधिवेशनले संश्लेषण गरेको राजनीतिक कार्यदिशा वैज्ञानिक र वस्तुनिष्ठ भएकाले सोहीअनुरूप पार्टी पुन:निर्माणको कार्ययोजना निर्माण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । सदस्यले पार्टी रूपान्तरण गर्दै समाजवादको आधार तयार पार्न सिङ्गो पार्टी एकताबद्ध सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने धारणा राखेको उहाँले बताउनुभयो ।

आजको बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष एवं प्रवक्ता महरासहित ५६ जनाले अध्यक्ष दाहालद्वारा प्रस्तुत ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि धारणा राख्नुभएको छ । सो क्रममा वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानन्त्री श्रेष्ठले अध्यक्षले प्रस्तुत गर्नुभएको प्रस्ताव समसामयिक रहेकाले सोको कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिनुभएको थियो । उक्त प्रस्तावमाथि आफ्नो दृढ समर्थन रहेको उल्लेख गर्दै उहाँले पार्टीलाई रुपान्तरण गरेर जानुपर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य माधव सापकोटाले निर्णय गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने, एउटै व्यक्ति बारम्बार लाभको पदमा बसिरहन नहुने, विधान सम्मेलन गरेर पार्टीलाई जनता केन्द्रित बनाउनुपर्ने बताउनुभएको थियो । आज धारणा राख्ने केन्द्रीय सदस्यले साङ्गठनिक संरचनालाई भद्दा बनाउन नहुने, पार्टीमा उमेरहदको व्यवस्था लागू गर्नुपर्ने, लाभको पदमा पुगेको सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्ने, अनियमितता, भ्रष्टाचारमा संलग्नलाई पार्टीले जोगाउन नहुनेमा जोड दिएका थिए ।

आजको बैठकमा झङ्कार साउद, लेखनाथ न्यौपाने, मणिकुमार साम्पाङ, ओमप्रकाश पुन, गोविन्द लोहार, नारायणकाजी श्रेष्ठ, केशवनाथ योगी, दिलीपकुमार प्रजापति, हितबहादुर तामाङ, माधव सापकोटा, हरिराज अधिकारी, शिवराम यादव, दीपेन्द्र पुन, हरिनारायण चौधरी, दिलीप साह, झकबहादुर मल्ल, विष्णुप्रसाद भट्ट, भीमकुमारी बुढामगर, रामदीप आचार्य, सुरेश आलेमगर, भगतबहादुर बडुवाल, कीर्तिबहादुर पुन, कृष्णबहादुर महरा, नगेन्द्र राई, प्रकाशहरि पोखरेल, डिपी ढकाल, कालीबहादुर मल्ल, नीलकण्ठ तिवारी, विशाल खड्का, आइपी खरेल र नरेन्द्र न्यौपानेले धारणा राख्नुभयो ।

यस्तै राजकाजी महर्जन, प्रकाश श्रेष्ठ, गगन पुरी, विमला सुवेदी, सन्तोष विष्ट, टेकबहादुर बस्नेत, नरबहादुर विष्ट, दुर्गाकुमारी विक, प्रह्लाद बुढाथोकी, लक्ष्मी पुन, शिवकुमार डाँगी, वीरबहादुर रावल, जगत् सिम्खडा, विजय भण्डारी, दलजीत श्रीपाली, रणेन्द्र बराइली, विष्णु विक, परशुराम रम्तेल, धनप्रसाद सापकोटा, टेकबहादुर बलम्पाकी, अनिलकिशोर घिमिरे, लोचन केसी, राजबहादुर बुढा, विमल अधिकारी र गोम्बु शेर्पाले आफ्नो धारणा राख्नुभएको प्रवक्ता महराले जानकारी दिनुभयो ।

बैठकको पहिलो दिन बुधबार १८ सदस्यले अध्यक्ष दाहालद्वारा प्रस्तुत ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि धारणा प्रस्तुत गर्नुभएको थियो । हालसम्म ७४ सांसदले आ–आफ्नो धारणा राखिसक्नुभएको छ । बैठकमा सहभागीले आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठक शुक्रबार बिहान ११:०० बजे पुन: बस्नेछ । रासस