२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल

उपनिर्वाचनमा स्वास्थ्य मापदण्डमा कडाई

उपनिर्वाचनमा स्वास्थ्य मापदण्डमा कडाई
अ अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने बताएको छ । कोभिड १९ संक्रमणको जोखिम बढिरहेका बेला हुन लागेको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनलाई स्वास्थ्यका दृष्टिकोणबाट पनि सुरक्षित बनाउन आयोग स्वयम्ले पनि स्वास्थ्य सुरक्षा मापदण्ड जारी गरेको हो ।

निर्वाचन आयोगले मतदान स्थलमा रहने सबै व्यक्तिले स्वास्थ्य सुरक्षा मापदण्डको घेरामा रहेर काम गर्न उपनिर्वाचन स्वास्थ्य सुरक्षा मापदण्ड २०७८ लागु गरेको छ । सोमबार न्यूज एजेन्सी नेपालसंग कुरा गर्दै आयोगका सह प्रवक्ता कोमल प्रसाद धमलाले निर्वाचनको दिन मतदान स्थल र मतदान केन्द्रमा प्रवेश गर्ने सबैले ७२ घण्टा अवधी भित्रको कोभिड १९ संक्रमण भए-नभएको पिसिआर रिपोर्ट ल्याउनुपर्नै अनिवार्य गरिएको बताउनुभयो ।

यस्तै मतदान केन्द्रमा ३ वटा बुथ राखिने भएको छ । यसअघि दुईवटा बुथ मात्रै राखिन्थ्यो । कोभिड १९ संक्रमित मतदाता पनि हुनसक्ने अनुमानका साथ ३ वटा बुथ राख्ने व्यवस्था मिलाईएको हो । मतभारको हिसाबले प्रदेशसभा सदस्यको बुथ र स्थानीय सरकार प्रमुख उपप्रमुख को बुथको साथै कोभिड १९ संक्रमित भएका मतदातालाई छुट्टै बुथको व्यवस्था गरिने सहप्रवक्ता धमलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “कोरोनाकै बीचमा गर्नुपर्ने भन्ने कुरामा यो कानूनी बाध्यात्मक व्यवस्था हो । राष्ट्रियसभा सदस्यको सन्र्दभमा रिक्त रहेको ३५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने छ भन्ने कानूनमा उल्लेख छ । त्यसैले यही जेठ ६ गते बागमती प्रदेशको अन्य समुहबाट र जेठ १७ गते अन्य समुहबाट प्रतिनिधित्व गर्नका लागि १÷१ जनाको निर्वाचन हुदैछ । आयोगले स्वास्थ्य सुरक्षाको मापदण्डलाई अलि कडाईका साथ थप व्यवस्थित बनाएर निर्वाचन व्यवस्थापन गर्ने निर्णय गरेको छ ।”

मतदानको दिन मतदान केन्द्रमा खटिने सबै कर्मचारी, सुरक्षाकर्मी तथा स्वयंसेवकले पिपिई लगाएर कार्यसम्पादन गर्ने व्यवस्था मिलाईने सहप्रवक्ता धमलाले जानकारी दिनुभयो । मतदान अधिकृतले एक मतदान केन्द्रमा २५ जनाले मतदान गरेपछि मतदान कक्षमा रहेका सम्पुर्ण सामाग्रीहरु निसंक्रमण गराउने छन् । आगामी जेठ ६ र जेठ १७ गते राष्ट्रियसभा सदस्य पदको लागि उपनिर्वाचन हुनेछ । बागमती प्रदेशमा अन्य समूहबाट १ पदको लागि र लुम्बिनी प्रदेशमा पनि अन्य समूहबाट १ पदको लागि उपनिर्वाचन गर्न लागिएको हो ।

बागमति प्रदेशमा जेठ ६ गते र लुम्बिनी प्रदेशमा जेठ १७ गते  उपनिर्वाचन हुदैछ । बागमति प्रदेशमा ३ सय ४८ जना कुल मतदातामा १ सय १० जना प्रदेशसभा सदस्य र २ सय ३८ स्थानीय प्रतिनिधिहरु छन् । त्यसैगरी, लुम्बिनी प्रदेशमा २ सय ९६ कुल मतदाता छन् । ७९ प्रदेशसभा सदस्य र २ सय १७ स्थानीय प्रतिनिधिहरु छन् ।