काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ । वैशाख २७ स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भएपछि मुख्यमन्त्री भट्ट एक सातादेखि होम आइसोलेसनमा छन्।
भट्टका स्वकीय सचिव शिवसिंह ओलीले कोरोना संक्रमित भएपछि मुख्यमन्त्रीले घरबाटै काम गरिरहेका बताए। उनमा खोकी, ज्वरोसहित लक्षण देखिएका छन्।
उनको परिवारका अरूलाई भने संक्रमण देखिएको छैन।











