२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्थानमा बालिकालाई जिउँदै भट्टीमा जलाइयो, सामूहिक बलात्कारको आशंका



अ+ अ-

एजेन्सी । भारतको राजस्थानस्थित भीलवाडामा कोइलाको भट्टीमा एक १४ वर्षीय नाबालिगलाई जलाइएको छ । उनीमाथि सामूहिक बलात्कार भएको आशंका गरिएको छ ।

घटना बुधबार राति १० बजे जिल्लाको कोट्री प्रहरी चौकी अन्तर्गतको गाउँको हो । घटनाको जानकारी पाएलगत्तै ४ प्रहरी घटनास्थलमा पुगेका थिए । यस घटनामा ३ अभियुक्तलाई पनि हिरासतमा लिइएको छ ।

बुधबार बिहान ८ बजे कान्छी बहिनी बाख्रा लिएर घरबाट निस्किएको उनका दाजुले बताए । साँझ करिब ३ बजे बाख्रा घर फर्किए तर उनी घर आइनन् । त्यसपछि परिवारका सदस्यले उनको खोजी गर्न थाले । गाउँका सबै आफन्तको घरघर र खेतबारीमा खोजे तर फेला परिनन् ।

राति करिब ८ बजे परिवारका सदस्य र गाउँलेहरूले नाबालकलाई फेरि खोज्न थाले । यसैबीच राति १० बजे गाउँबाहिर कालबेलिसको क्याम्पमा कोइला बनाउने भट्टी जलिरहेको थियो । वर्षाको समयमा यो भट्टी बल्दैन ।

शंका लागेपछि भट्टी नजिक गएर हेरे । हराएको बहिनीको जुत्ता त्यहाँ भेटियो । यससँगै बहिनीले लगाएको चाँदीको ब्रेसलेट र हड्डीका टुक्रा पनि आगोमा फेला परेको छ । गाउँलेहरूले राति नै केही कालबेलियालाई पक्रेका थिए । प्रहरीले उनीहरुलाई स्टेशनमा लगेको छ ।

पक्राउ परेका तीनै जनाले सामूहिक बलात्कार र जलाएको कुरा गरेपछि प्रहरीलाई खबर गरिएको थियो । राति अबेरसम्म ४ वटा प्रहरी चौकीका प्रहरी घटनास्थल पुगेका थिए ।

घटनाको गम्भीरता देखेर राति नै फरेन्सिक टोलीलाई घटनास्थलमा बोलाइएको थियो । बिहीबार बिहान फेरि एकपटक सबै अधिकारी र अनुसन्धान टोली घटनास्थलमा पुगेर क्षेत्रको नजिकबाट निरीक्षण गरिरहेका छन् ।