९ श्रावण २०८३, शनिबार
,
Latest
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बौद्ध जोरपाटीमा गुण्डागर्दीमा संलग्न ‘बाफ्ले’सहित ५ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । प्रहरीले काठमाडौंको बौद्ध र जोरपाटीमा गुण्डागर्दी गर्ने ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं. ६ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ जोरपाटी बस्ने २८ को बाफ्ले भन्ने विक्की लामा, सिन्धुपाल्चोकको मेलम्चीका ३४ वर्षीय श्यामबहादुर लामा, मेलम्चीका ३६ वर्षीय भीमबहादुर बस्नेत, ३५ वर्षीय गोविन्द गजमेर र चौताराका ३५ वर्षीय प्रविण तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार जोरपाटीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरु जोरपाटी बौद्धमा सर्वसाधारण व्यक्तिहरूसँग अनावश्यक विवाद गरी डरत्रास, तर्साउने गर्नुका साथै सर्वसाधारणहरूलाई कुटपिट, गैरकानुनी रूपमा रकम माग गर्ने लगायतका अपराधिक गतिविधिमा संलग्न रहेका थिए ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसूरमा थप अनुसन्धानको लागि आज प्रहरी वृत्त बौद्ध, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।