५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिङ्देनलाई थापाको आग्रह: सँगै सडक आन्दोलन गरौं !



अ+ अ-

काठमाडौं १७ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नाम लिदै सत्ताको फोहरी खेलमा नलागी आन्दोलनको लागि सडकमा आउन आग्रह गरेका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत समारोहमा बोल्दै थापाले पार्टीको महाधिवेशनबाट पारित मार्गदर्शन अनुसार सत्ता केन्द्रित नभई बिचार र आदर्श केन्द्रित भएर राप्रपा अघि बढे नेतृत्वमा पनि समस्या नहुने स्पष्ट पारे । थापाले भने ‘संघीय गणतन्त्रको नाममा अहिले कायम रहेको भ्रष्ट ब्यबस्थाको लागि जनआन्दोलनको बिकल्प छैन, राप्रपाले सडकमा आउने हिम्मत गरोस् , हामी सङ्गै आन्दोलनमा जान तयार छौ,नेतृत्व समस्याको बिषय हुदैन।’

थापाले केशरबहादुर बिष्ट ,दुर्गा प्रसाईं , किशोरी महतो लगायत विभिन्न समुहमा रहेका शक्तीहरुलाई पनि एकताबद्ध भएर आन्दोलनको आधिबेहरी सृजना गर्ने अभियानमा संलग्न हुन आह्वान गरे । अहिले हामीलाई आन्दोलन चाहिएको छ ,निकास चाहिएको छ, बिकास चाहियको छ, भ्रष्टाचारको अन्त्य हाम्रो चाहना हो भदै थापाले अहिले हामी सबै यो आन्दोलनको सिपाहीको रुपमा रहने र पद प्रतिष्ठा गौण बिषय हुने समेत थापाले बताए ।

सो अबसरमा तत्कालिन सङ्खुवासभा जिबिसका सभापति पदमकेशर कार्की र पर्सा जिबिस सभापति शम्भु चौरसियालाई थापाले दोसल्ला ओढाई सम्मान समेत गरेका थिए ।




भर्खरै