४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

सुन तस्करी छानबिनलाई सहज बनाउन एमालेले उच्चस्तरीय समितिको माग गरेको हो: महेश बर्तौला

सुन तस्करी छानबिनलाई सहज बनाउन एमालेले उच्चस्तरीय समितिको माग गरेको हो: महेश बर्तौला
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको छानबिनलाई सहज बनाउन लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुपरेको बताउनुभएको छ ।

सो सुन तस्करीमा माथिल्लो स्तरको संलग्नता रहेको आफूहरुले संकेत पाएको उल्लेख गर्दै उनीहरुलाई पनि छानबिनको दायरामा ल्याउनका लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति नै बनाउनुपर्ने अडान लिएको प्रष्टयाउनु भयो ।

मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ सचेतक बर्तौलाले सो उच्चस्तरीय छानबिन समितिले राजश्व अनुसन्धान विभागको छानबिन समितिसँगै मिलेर काम गर्ने बताउनु भयो । अहिले छानविनमा संलग्न रहेका निकाय तथा अधिकारीहरुले पनि उच्चस्तरीय छानबिनको आवश्यक्ता औंल्याइरहेको उहाँको जिकिर थियो ।

सचेतक बर्तौलाले भन्नुभयो, ‘हामी राज्यको सबै अंगहरुलाई साथमा लिएर उच्चस्तरीय छानबिन समिति त्यहीँसँगै बसेर काम गर्ने हो । यो अर्को छुट्टै समिति भएपनि त्यहीसँग कोलाबोरेशन गरेर काम गर्छ । मैले यति भनौं–कतिपय हाई प्रोफाईलमा मानिसहरुको जे संकेत आइरहेको छ । त्यसमाथि उच्चस्तरकै छानबिन समिति भयो भने त्यो काम गर्न अहिले तपाईले भनेको राजश्व अनुसन्धान विभागको कुरा होला ।

प्रहरीका सिविआई, अन्य इकाईहरु होला । यसलाई पनि सहयोग पुग्छ । उहाँहरुले पनि यो माग गरिरहनु भएको छ । जो अहिले अनुसन्धानको प्रक्रियामा खटिरहेको एजेन्सीहरु छ । उहाँहरुलाई पनि उच्चस्तरीय छानबिन समिति भइदियो भने हामीलाई यसको चाहीँ खास ठाउसम्म पुग्नका लागि, सबै नेक्ससहरु पहिचान गर्नका लागि काम लाग्छ, सहयोग पुग्छ भन्ने उहाँहरुले पनि ठान्नु भएको छ । सिंगो देशले मागिरहेको विषयमा सरकार डराईरहेको कारण चाहीँ के हो ? हामी छक्क परेका छौं ।’

सचेतक बर्तौलाले सिंगो देशले उच्चस्तरीय छानबिन समितिको माग गरिरहँदा पनि सरकार डराइरहेको आरोप समेत लगाउनु भयो ।