• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

संवैधानिक परिषद्को बैठक जारी



काठमाडौँ । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा संवैधानिक परिषद् बैठक केहीबेरअघि सुरु भएको हो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ । प्रधानन्यायाधीश कार्की अबको केही दिनपछि उमेरहदका कारण अवकाशमा जाँदै हुनुहुन्छ ।

प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा १ महिना अगाडिदेखि नै नियुक्ति प्रक्रिया सुरु गरिसक्नुपर्नेमा संवैधानिक परिषद्‌को बैठक नबस्दा त्यसम्बन्धी प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

आज बस्ने बैठकले वरीयताक्रममा अगाडि रहेको विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्नेछ ।