९ श्रावण २०८३, शनिबार
,
Latest
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीको मुख्यमन्त्रीमा थापालाई नै अघि सार्ने कांग्रेसको निर्णय



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलको नेता उद्धव थापालाई नै अगाडि सार्ने भएको छ । मंगलबार दिउँसो बसेको कांग्रेस संसदीय दलको बैठकले थापालाई अगाडि बढाउने निर्णय गरेको हो ।

थापा मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा रहेको बताइएको छ । सभामुखको राजीनामापछि दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयमा जाने थापाको तयारी छ ।

सर्वोच्च अदालतको आदेशबाट बिहीबार थापा मुख्यमन्त्रीबाट पदमुक्त भएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२)अनुसार आज मंगलबारसम्म सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । गत असार १७ मा सभामुख बाबुराम गौतमको समेत समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका थिए ।