९ मंसिर २०८१, आईतवार
,
Latest
५ महिना नपुग्दै प्रतिनिधिसभाका सचिव अधिकारीको राजीनामा ‘विनियोजित बजेट संघीय प्रणालीअनुसार खर्च नभएसम्म पुँजीगत खर्च वृद्धि हुँँदैन’ गाजामा इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु एसिसी यू–१९ एसिया कपका लागि हेमन्त धामीको कप्तानीमा नेपाली टोली घोषणा आईपीएल मेगा अक्सन आजबाट, जान्नुहोस् सम्पूर्ण जानकारी फोहोर व्यवस्थापनको विषयमा राजनीति नगरौँः उपप्रधानमन्त्री सिंह सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्वः खानेपानीमन्त्री दुर्गा प्रसाईँको मुद्दा न्यायाधीश शर्माको इजलासमा पेसी सिनामंगलको होटलमा युवायुवती झुण्डिएको अवस्थामा फेला प्रतिवर्ष तीन सय बिलियन अमेरिकी डलर जलवायु कार्यमा खर्च गर्ने धनी देशको प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोल र डिजेलको मूल्य १० रुपैयाँसम्म बढ्ने !



अ+ अ-

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँसम्मले बढ्ने भएको छ । नेपाल आयल निगमले ३१ असारमा लागू गरेको स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य भारी मात्रामा बढ्ने भएको हो ।

स्वचालित मूल्य प्रणालीअनुसार नै खाना पकाउने ग्याँसको मूल्य भने सिलिण्डरमा एक सय रुपैयाँले घट्ने भएको छ ।

नेपाल आयल निगमललाई मंगलबार भारतीय आयल निगम (आईओसी) बाट प्राप्त १५ दिनको मूल्य अनुसार डिजेल र मट्टीतेलको मूल्य लिटरमा ७ रुपैयाँले बढेर प्राप्त भएको छ । यस्तै पेट्रोलको मूल्य लिटरमा सवा ८ रुपैयाँले बढेर आएको छ ।

असार ३१ गतेबाट लागू भएको स्वचालित मूल्य प्रणालीअनुसार नै मंगलबार नै इन्धनको मूल्य समायोजन हुनेछ । निगमको परल मूल्यमा सो मूल्यमा भ्याट हिसाब गरेर पेट्रोल र डिजेल तथा मट्टीतेलमा निगमले स्वचालित मूल्य प्रणालीअनुसार मंगलबार नै मूल्य तोक्ने तयारी गरेको छ ।

जसअनुसार डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले बढ्नेछ । स्वचालित मूल्य प्रणालीअनुसार निगमले डिजेल पेट्रोलमा लिटरमा २ प्रतिशत मात्रै नाफा राखेर मूल्य तोक्न पाउँछ ।