२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीको सम्बोधन सुनेर संसदबारे कदम चाल्ने एमालेको तयारी



file photo
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्ना मागको सम्बोधन नभएमा आज पनि संसदमा अवरोध गर्ने तयारी गरेको छ ।

१ क्वीन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै एमालेले संसद अवरोध गर्दै आएको छ ।

आजको संसद बैठकको सुरुमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नेछन् । उनको सम्बोधनमा आफूहरूले राखेका माग सुनुवाइ भएमा संसद चल्न दिने अन्यथा अवरोध गर्ने एमाले प्रमुख सचेतक पदम गिरीले बताए ।

आज १ बजेको लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।