२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण गरिने, पाँच मिनेट बोल्न दिइने



फाईल फोटो
अ+ अ-

काठमाडौं । साउन १७ गते बुधबारदेखि सुरु गर्न लागिको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारी भएको छ। तीन दिनसम्म बालुवाटारमा चलेको माओवादी पदाधिकारी बैठकले बैठकको लाइभ गर्ने विषयमा सहमति जुटाएका हो।

एक वर्षपछि माओवादीको केन्द्रीय समितिको बैठक बस्न लागेको छ। बैठकमा सबै केन्द्रीय समिति सदस्यलाई बोल्नका लागि पाँचरपाँच मिनेटको समय दिइने निर्णय गरिएको छ।

सचिव डिलाराम आचार्यले भने, ‘२० वटा समूह बनाएर बैठकमा उठेका विषयमा छलफल गर्ने कुरा भएको थियो। तर, पछि सबै केन्द्रीय सदस्यलाई पाँचरपाँच मिनेटको समय दिएर आफ्नो प्रस्ताबहरू राख्ने समय दिने गरी बैठक चलाउने निर्णय भयो।’

कांग्रेसपछि माओवादीले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको छ। ‘बैठकमा एक कुरा गर्ने र मिडिया, सामाजिक सञ्जालमा नेताहरूले अर्को कुरो बोल्ने र लेख्छन्,’ सचिव आचार्यले भने, ‘नेताहरूका पछाडि पार्टीले मान्छे पनि खटाउन सक्दैन। बाहिर बोलेका कुराले कतिपय अवस्थामा राजनीतिक जटिलता आउँछ। त्यसैले केन्द्रीय समितिको बैठकलाई लाइभ गर्ने निर्णय पारित गरिएको हो।’

साउन १७ देखि सुरु हुने केन्द्रीय समितिको बैठक २२ गतेसम्म चल्ने छ। बैठकमा प्रस्तुत हुने राजनीतिक दस्तावेजका लागि पदाधिकारीहरूले अध्यक्ष दाहाललाई लिखित तथा मौखिक सुझाव पेस गरेका छन्।

बैठकको पहिलो दिनमै पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दस्तावेज प्रस्तुत गर्ने तालिका रहेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्था, पार्टीको संगठन तथा भावी रणनीति बारे पार्टी अध्यक्ष दाहालबाट राजनीतिक दस्तावेज पेश हुने र त्यसैमा पाँच दिनसम्म छलफल गरेर निष्कर्ष निकालिने माओवादीका नेताहरूले जनाएका छन्।

माओवादी पदाधिकारी बैठकले मंसिरमा विधान अधिवेशन गने निर्णयसमेत गरेको छ। विधान अधिवेशन गर्ने एजेन्डालाई केन्द्रीय समितिको बैठकबाट पारित गराएर विधान अधिवेशनको समय तोकिने छ।

एक वर्षसम्म जिम्मेवारीविहीन रहेको केन्द्रीय सदस्यहरूलाई बैठकबाट जिम्मेवारी दिएर जिल्लामा खटाइने माओवादी केन्द्रले जनाएको छ। अन्नपूर्ण पोस्टमा राजकरण महतोले समाचार लेखेका छन् ।