३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँबाट दिल्लीका लागि उडेको अपहरित विमानका चालक भन्छन्: विमानस्थलको सुरक्षाका लागि बेग्लै बल चाहिन्छ



अ+ अ-

नयाँदिल्ली । शुक्रबार अपराह्न सन् १९९९ को डिसेम्बर २४ मा काठमाडौँबाट नयाँदिल्लीका लागि उडेको एयर इन्डियाको अपहरित विमानका चालक देवी शरणले विमानस्थलको सुरक्षाका निम्ति बेग्लै सुरक्षा बल अपरिहार्य भएको बताएका छन् ।

सेवा निवृत्त शरणले आईसी ८१४ को अपहरणपछि विमानस्थलको सुरक्षाका निम्ति बेग्लै एयरपोर्ट सेक्युरिटी फोर्स ९एएसएफ० को अवधारणा अघि बढाइएको तर त्यो कहिल्यै कार्यान्वयन नभएको उल्लेख गर्दै उनले अझै पनि त्यस्तो सुरक्षा दस्ता अत्यावश्यक भएको बताएका छन् ।

उड्डयन सुरक्षा एवम् संस्कृति सप्ताहका अवसरमा नयाँदिल्लीमा सोमबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपहरण गरिएको विमान पञ्जाबमा अवतरण गर्दा अमृतसर पुलिस र एयरपोर्टका सुरक्षा अधिकारी कति असहाय थिएभन्ने तथ्य सबैले बुझेका बताए । “अपहरण भएको विमान अमृतसरमा अवतरण गर्दा अमृतसर विमानस्थलको सुरक्षा जिम्मेवारी स्थानीय प्रहरीसँग थियो, तिनीहरू असहाय थिए यदि विशेष दल भैदिएको भए स्थिति नियन्त्रण गर्न र अपहरणकर्ताले उडानलाई पाकिस्तान लैजाऊ भन्दा कारबाही गर्न सकिन्थ्यो,” उनले भने ।

उक्त घटनापछि विमानस्थलका लागि बेग्लै सुरक्षा बलको सुझाव आएको थियो तर त्यसलाई कार्यानवयन गरिएन । भविष्यमा त्यस्ता अप्रिय अवस्थाको सामना गर्नुनपरोस् भन्ने उद्देश्यका साथ बेग्लै सुरक्षा बल आवश्यक भएको उनले दोहोर्‍याए ।

मखुण्डो लगाएका पाँच जना पाकिस्तानी उग्रवादीले एक सय ७६ यात्रु बोकेको एयरबसलाई काठमाडौंबाट अमृतसर, त्यसपछि पाकिस्तानको लाहोर अनि संयुक्त अरब इमिरेट्सको दुबई र अन्तत: तालिवानको केन्द्रबिन्दु अफगानिस्तानको कान्दाहारसम्म पुर्‍याएका थिए ।

यात्रीको भेषमा रहेका अपहरणकारीले एक जनाको हत्या गरेभने दुवईमा २७ जनालाई छाडेका थिए । भारतले तीन जना आतङ्कवादी मुश्ताक अहमद जरगर, अहमद उमर सईद शेख र मसूद अजहरलाई रिहा गर्न सहमत जनाएपछि विमान अपहरण र यात्री बन्धक सङ्कट सात दिनपछि टुङ्गिएको थियो । विमानमा चालक दलका १५ जना सदस्य थिए ।