२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्चस्तरीय छानबिन समिति बनाउन सरकारले भोलिसम्मको समय मागेको छ: गोकुल बाँस्कोटा



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउने वा नबनाउने भन्ने निर्णय गर्नका लागि सरकारले मंगलवार सम्मको समय मागको बताउनुभएको छ ।

सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मंगलवारसम्मको समय माग गरेकाले आजको प्रतनिधि सभा बैठक बस्न नसकेको बताउनु भयो । उहाँले सरकारले जति चाँडो उच्चस्तरीय छानबिन बनायो त्यति चाँडै संसद सुचारु हुने बताउनु भयो । उहाँले सरकारले अविलम्व उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले भोलिसम्मको समय मागेको छ, उच्चस्तरीय छानबिन समिति बनाउने वा नबनाउने भन्ने निर्णय गर्न । भोलि बनायो भने संसद चल्छ । सरकारले अविलम्व उच्चस्तरीय छानबिन समिति बनाओस् । जे साँचो हो, त्यो बाहिर ल्याइदिओँ । की सरकार अनुसन्धान गर्न चाहँदैन ? प्रश्न उठिसकेपछि ढाकछोप गर्ने होइन, खुला हुनुपर्छ ।’

सांसद बाँस्कोटाले अनियमितताको प्रश्न उठिसकेपछि सरकार ढाकछोप गर्न नलागेर निष्पक्ष छानबिन गर्न लाग्नुपर्ने बताउनु भयो ।