६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटरहरु पैसामा घमण्ड गर्छन् – कपिल देव



अ+ अ-

एजेन्सी । सन् १९८३ को विश्वकप विजेता कप्तान कपिल देवले आजका खेलाडीमा पुराना खेलाडीबाट सिक्ने इच्छा नभएको बताएका छन् ।

हालैको एक अन्तर्वार्तामा कपिलले भनेका छन्– ‘कहिलेकाहीँ धेरै पैसा भएकोले पनि गर्व आउँछ । अहिलेको जमानाका खेलाडीहरू पैसाको घमण्डमा पूर्व खेलाडीसँग सल्लाह लिन जाँदैनन् र एउटै गल्ती बारम्बार दोहोर्याउँछन् । जबकि खेलमा सुधारको लागि सधैं ठाउँ छ ।’

कपिल देवले ‘द वीक’ लाई दिएको अन्तर्वार्तामा भने – ‘क्रिकेटरहरुलाई लाग्छ उनीहरु सबै कुरा जान्दछन् । हिजो र आजका क्रिकेटरबीचको फरक यही हो । म भन्छु कि त्यहाँ धेरै क्रिकेटरहरू छन् जसलाई मद्दत चाहिन्छ । जब सुनिल गावस्कर छन्, उहाँसँग किन कुरा गर्न सक्नुहुन्न ? उनीहरूलाई लाग्छ कि आफू सबै कुरा जान्दछन् । यो सबै थाहा हुन सक्छ, तर क्रिकेटको ५० सिजन देखेको व्यक्तिबाट थप मद्दतका हात दुख्दैन ।’

सन् १९८३ मा कपिल देवको कप्तानीमा भारतीय टोलीले पहिलो पटक विश्वकप जितेको थियो । लर्ड्स मैदानमा भएको फाइनल खेलमा भारतले वेस्ट इन्डिजलाई ४३ रनले पराजित गरेको थियो । इन्डिज टोलीले यसअघि सन् १९७५ र १९७९ मा विश्वकप जितेको थियो, त्यसैले वेस्ट इन्डिजलाई फाइनलमा जितको दावेदार मानिएको थियो ।