२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा गुडिरहेको रेलमा गोली चल्दा चार जनाको मृत्यु



अ+ अ-

एजेन्सी । भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार बिहान जयपुर–मुम्बई एक्सप्रेस (१२९५६)मा सवार रेलवे सुरक्षा बल ९आरपीएफ०का कन्स्टेबलले आफ्नो स्वचालित राइफलका साथ एक साथी सहायक उपनिरीक्षक (एएसआई)लाई गोली हाने । त्यसपछि दोस्रो डिब्बामा गएर ३ जना यात्रुलाई पनि गोली हाने ।

दुर्घटना हुँदा ट्रेन गुजरातबाट महाराष्ट्र जाँदै थियो । पालघर रेलवे स्टेशन नजिकै ट्रेनको कोच बी५ मा गोलीबारी भएको थियो । जवानलाई राइफलसहित पक्राउ गरिएको छ ।

आरपीएफका अनुसार घटना बिहान करिब ५:२३ बजे भएको हो । अभियुक्त हवल्दार चेतनकुमार चौधरी र एएसआई टिकाराम मीणा एस्कर्ट ड्युटीमा थिए । चेतनले टीकाराममाथि गोली हानेपछि थप ३ जना यात्रुलाई गोली हाने ।

त्यसपछि उनी दहिसर स्टेशन नजिकै रेलबाट ओर्लेर भागेका थिए । पक्राउपछि जवानलाई सोधपुछका लागि बोरिवली प्रहरी चौकीमा लगिएको छ । गोली चलाउनुको कारण छानबिनपछि पत्ता लाग्ने प्रहरीले जनाएको छ ।