४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

सुन तस्करको कनेक्सन माओवादी नेतासम्मै, अनुसन्धान अवरुद्ध हुने खतरा

सुन तस्करको कनेक्सन माओवादी नेतासम्मै, अनुसन्धान अवरुद्ध हुने खतरा
अ+ अ-

काठमाडौं । राजस्व अनुसन्धान विभागले १ सय किलो सुन तस्करी प्रकरणमा आइतबार दावा छिरिङलाई पक्राउ गरेसँगै यो प्रकरणमा राजनीतिक संलग्नता देखिएको छ । दावा पक्राउ परेसँगै अनुसन्धानलाई फराकिलो बनाउनसके यसको राजनीतिकलगायत सम्पूर्ण जालो पत्ता लाग्न सक्ने र अनुसन्धान टुंगोमा पुग्न सक्ने विश्वास गरिएको छ । तर, यो प्रकरणमा सत्तारुढ माओवादी केन्द्रकै नेताहरूको संलग्नता देखिएकाले अनुसन्धान अवरुद्ध हुने खतरासमेत बढेको छ ।

सुन तस्करीको आरोपमा ठमेलबाट पक्राउ परेका दावा चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्र्याएर कारोबार गराउने एजेन्ट भएको स्रोतको दाबी छ । उनको कनेक्सन माओवादी केन्द्रका नेताहरूसँग देखिएको छ । राजस्व अनुसन्धान विभागका अधिकृतहरूले दावा सुन तस्करीमा संलग्न भएको यथेष्ट प्रमाणहरू फेला परेकाले पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए । दावा चिनियाँ मूलका भए पनि उनीसँग नेपाली नागरिकतासमेत रहेको बताइएको छ । विभागका एक अनुसन्धान अधिकृतले पक्राउ परेका दावा सुन तस्करी प्रकरण गिरोहका प्रमुखमध्येका एक सदस्य रहेको हुन सक्ने बताए ।

उनीसँगै सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ । हालसम्म पक्राउ पर्नेहरूमा भरिया तथा सहयोगी मात्रै थिए तर आइतबार दावा पक्राउ परेसँगै यस प्रकरणका योजनाकारमध्येका एक पक्राउ परेको हुनसक्ने विश्वास विभागका अधिकारीहरूको छ । विभागका अधिकारीहरूले सुन तस्करीको क्रम र प्रवृत्ति हेर्दा यसमा ठूलैखालका व्यापारी तथा राजनीतिक नेतृत्वको समेत संलग्नता रहेको हुन सक्ने आशंका गर्दै आइरहेका थिए ।

दावालाई विभागको टोलीले काठमाडौंको ठमेलस्थित होटल भियनामा छापा मारेर पक्राउ गरेको थियो । सो होटल चिनियाँ आपराधिक गिरोहले सञ्चालन गरेको प्रहरीस्रोतको दाबी छ । यसअघि पनि सो होटलमा प्रहरीले छापा मारी विभिन्न आपराधिक घटनामा संलग्न चिनियाँ नागरिकहरूलाई पक्राउ गरेको थियो ।

प्रहरी स्रोतकाअनुसार भियना होटल सञ्चालन गर्न मञ्जिल श्रेष्ठ र अमला रोकाले घरधनी रत्नमान श्रेष्ठसँग सम्झौता गरेको पाइएको छ । अमला माओवादी उपमहासचिव वर्षमान पुन र ओनसरी घर्तीसँग पारिवारिक सम्बन्ध भएकी व्यक्ति हुनुहुन्छ । उहाँले दुबै जनालाई विभिन्न सहयोग गर्दै आइरहेको पाइएको छ भने गरोहका सदस्य दावासहितको टोलीले बारम्बार पुन र घर्तीलाई भेट्ने गरेको पाइएको छ । घर्तीलाई त यो गिरोहले सभामुख भएकै बेला कार्यकक्षमै पुगेर भेटेको बताइएको छ ।

अमलाले दावासँग वैवाहिक सम्बन्ध गाँसेको बताइन्छ । मञ्जिल, अमला र दावाले होटल, रेस्टुरेन्ट चलाउन चिनियाँसँग मिलेर अन्य कम्पनी पनि खोलेको प्रहरीले जनाएको छ । सवारीसाधनका पार्टपुर्जाभित्र अवैध सुन मगाउने रेडी ट्रेडर्स यही गिरोहले नेपालीको नाममा दर्ता गरेको पाइएको छ ।

यसै गरी मञ्जिल, अमला, दावासहित चिनियाँ नागरिक चु जिलियाङ, चेन काइमु र चोङ गुआङपेङको नाममा छङ फङ होटल सञ्चालन गर्ने गरी २०७६ कात्तिकमा कम्पनी दर्ता भएको थियो ।

अन्डर वल्र्डसँग जोडिए अदुकिया

नेपालमा लामो समयदेखि हुँदै आएको सुन तस्करीमा हाल फरार रहेका राकेश अदुकियाको संलग्नतामा रहँदै आएको खुलासा भएको छ ।
राजनीतिक नेतृत्वलाई आफ्नो प्रभावमा पार्दै आएका अदुकियाको सम्बन्ध अन्तर्राष्ट्रिय सुन तस्करको समूहसँग रहेको राजस्व अनुसन्धान विभागको अनुसन्धान टोलीले फेला पारेको छ ।

दुबईमा बसेर विश्वभर अवैध धन्दा चलाउँदै आएका हाजी मस्तानसँग सम्बन्ध बनाएका अदुकिया नेपालबाट भागेर दुबई पुगेको पनि विभागको अनुसन्धान टोलीका एक सदस्यले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

यही साउन २ गते हङकङबाट काठमाडौं विमानस्थल हुँदै सुन बाहिरिएपछि विभागको टोलीले सिनामंगलबाट १ सय केजी सुन समातेको थियो । उक्त अवैध सुनको नेक्सस खोज्ने क्रममा नेपालमा उक्त सुनको व्यवस्थापन गर्ने जिम्मा अदुकियाले लिएको सुराक पाएपछि विभागको टोलीले कमलपोखरीस्थित अदुकियाको घरमा समेत छापा मारेको थियो ।

विभागको टोलीले अदुकियाको घरमा छापा मार्दा हाजी मस्तानसँग सम्बन्धित केही कागजातसमेत बरामद गरेको थियो । अन्डरवल्र्ड दाउद इब्राहिमका ‘गड फादर’का रूपमा चिनिएका मस्तानसँग अदुकियाको सम्बन्ध रहेको पनि सो टोलीले जानकारी दिएको छ ।

नेपाली र भारतीय पासपोर्टधारी अदुकियाले विदेशयात्रा गर्दा प्राय: भारतीय पासपोर्ट प्रयोग गर्ने गरेको पाइएको पनि विभागको अनुसन्धान टोलीले जानकारी दिएको छ ।

हङकङबाट रेडी ट्रेर्डसबाट इलेक्ट्रोनिक्स तथा मोटरसाइकल र स्कुटको पार्टपुर्जामा सुन लुकाएर ल्याउने योजना पनि हाजी मस्तानकै रहेको र अदुकियाले नेपालमा त्यसको व्यवस्थापन गर्ने गरेको पाइएको पनि विभागले दाबी गरेको छ ।

नेपालमा सुन समातिएको भोलिपल्ट भारत भागेका राकेशका छोरा रोहन अदुकियासमेत दिल्लीबाट दुबई पुगेका छन् । अहिले उनी दुबईको एक लक्जरी होटलमा बसिरहेको पनि एक उच्च सुरक्षा अधिकारीले जानकारी दिए ।

सन् २००८ देखि नै विभिन्न आवरणमा सुनका साथै अन्य अवैध वस्तुको तस्करीमा संलग्न रहँदै आएका अदुकियाले गरेको अपराधलाई राजनीतिक तथा उच्च कर्मचारी प्रशासनले संरक्षण दिएकै भरमा अवैध धन्दाको साम्राज्य फैलाउँदै आएको पनि ती सुरक्षा अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

सय किलो सुन समातिएपछि सुन तस्करीको गिरोहको बारेमा अनुसन्धान गर्दै आएको विभागको टोलीले अहिलेसम्म दुई विदेशी नागरिकसहित १८ जनालाई पक्राउ गरिसकेको छ । नेपाल समाचारपत्रमा खबर छापिएको छ ।