४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

नेपाल सुन तस्करको स्वर्णभूमि, मुख देखाउनै लाज भयो: सांसदहरु

नेपाल सुन तस्करको स्वर्णभूमि, मुख देखाउनै लाज भयो: सांसदहरु
अ+ अ-

काठमाडौँ । सांसदहरुले नेपाल तस्करहरुको स्वर्णभूमि बनेको बताउँदै नेपाली जनतासमक्ष आफूलाई मुख देखाउनै गाह्रो भएको बताएका छन् ।

आईतवार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसदहरु नेपाल तस्कहरुको लागि स्वर्णभूमि बन्नु राम्रो नभएको बताएका हुन् । उनीहरुले पछिल्लो समय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणले मुलुकको साख गिरेको बताए । उनीहरुले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्री र मन्त्रालयहरुलाई बोलाएर छलफल गर्नुपर्ने र निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुनुपर्ने माग गरे ।

समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सुन काण्डले राष्ट्रको इज्जतमाथि गम्भीर प्रश्न उठाएको बताउनु भयो । उहाँले सुन तस्करी प्रकरणमा अन्तर्राष्ट्रिय आतंकवादीसँग सम्बन्धित पैसा प्रयोग भएको खबर बाहिरिएको बताउनु भयो । उहाँले सरकार जवाफदेही बन्ने भन्दापनि वादप्रतिवादमा उत्रिने काम गरेको बताउनु भयो । उहाँले सुन तस्करीमा प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टी नेकपा (माओवादी केन्द्र) का उच्च तहका नेताहरु संलग्न रहेको कुरा बाहिरिएको भन्दै निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिनको आयोग बनाउनुपर्ने बताउनु भयो । उहाँले छानबिन गर्नुपर्नेहरुको एजेन्सीबाट निष्पक्ष छानबिन हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो सुन काण्डले राष्ट्रको इज्जतमाथि गम्भीर प्रश्न उठाएको छ । तथ्य प्रमाण छैन तर सुनिरहेको छु, यो कुनै लिगल कुनै मान्छेले पैसा कमाएर सुन किनेर ल्याएर फेरि पैसा कमाउन खोजेको होइन । यदी उसले व्यवसाय गर्दथ्यो भने एक अर्ब रुपैयाँ लगानी घरजग्गामा नै गरेको भए राम्रो कमाइ हुन्छ । तर सुनिँदै छ, यो कुनै अन्तर्राष्ट्रिय आतंकवादीसँग सम्बन्धित पैसा यसमा प्रयोग भएको छ । हतियारसँग सम्बन्धित प्रसा यसमा प्रयोग भएको छ । लागुऔषधको कारोबार गर्नेको पैसा संलग्न भएको छ, त्यसकारण यो सामान्य घटना होइन । हामीले समितिबाट उच्चस्तरीय छानबिन समितिको माग गरौँ ।

सरकार सम्बोधन गर्ने ठाउँमा मिडियाबाट वादप्रतिवादमा उत्रिएको छ, सरकार जवाफदेही बन्ने हो, वादप्रतिवादमा उत्रिने सरकारको काकम होइन । सुन तस्करी बढीरहेको छ, त्यसमा सत्तारुढ भित्रकै प्रधानमन्त्रीको दलकै उच्च तहको नेतृत्वको नाम आएको छ, उहाँको परिवारको नाम आएको छ । सामान्यतया एयरपोर्ट जस्तो सेन्सेटिभ ठाउँमा के भनिन्छ भने त्यो देश कस्तो छ भन्नेकुरा एयरपोर्टबाट थाहा हुन्छ, एयरपोर्ट भनेको मुलुकको ऐना हो । नियमित छानबिनको प्रक्रियाबाट यो टुंगिँदैन । जसमाथि छानबिन गर्नुपर्ने छ, त्यसैको एजेन्सी बसेर छानबिन गर्ने ? त्यसैले छानबिन गरेर निस्कर्ष निकाल्छ भन्ने कुरा हुँदैन ।’

समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले जनप्रतिनिधि मुलक संस्था निस्क्रिय बनाएर सरकार अस्थिर भइरहेको बताउनु भयो । उहाँले वर्तमान सरकार सेटिङमा चलेको भन्दै उहाँले सुनकाण्डमा सरकारमा रहेका गृहमन्त्री र अर्थमन्त्रीको प्रत्यक्ष संलग्नता छ भनेर सरकार पक्षकै सांसदहरुलै कुरा उठाएपछि समितिले गम्भीर हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनप्रतिनिधि मुलक संस्था निस्क्रिय बनाएर सरकार अस्थिर, निस्क्रिय, जवाफदेहीमा आफू रमाएको देखिन्छ । सत्तापक्षकै सांसदहरुले प्रश्न उठाइरहनुभएको छ, यो सरकाकर सेटिङमा छ, यो सरकार तस्करी, भ्रष्टाचार गर्दैछ, भर्खरै भएको सुनकाण्डमा सरकारमा रहेका गृहमन्त्री र अर्थमन्त्रीको प्रत्यक्ष संलग्नता छ भनेर सरकारकै सांसदले कुरा उठाएपछि समितिले यो विषयमा सरकारलाई निर्देशित गरी छानबिनको विषय बनाउनुपर्छ ।’

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले नेपाल सुन तस्करको स्वर्णभूमि बनेको बताउनु भयो । उहाँले सुन तस्करीका कारण मुलुकको साख खसेको र आफूलाई मुख देखाउनै गाह्रो भएको बताउनु भयो । उहाँले भ्रष्टाचारका जुनसुकै काण्डमा पनि सरकार निष्पक्ष रुपमा अन्तिम बिन्दुसम्म पुग्नुपर्ने बताउनु भयो । उहाँले स्कुटरको ब्रेक सुमा सुन आएको भनिरहँदा स्कुटर कहाँबाट आयात हुन्छ ? कसरी विमानस्थलबाट स्कुटरको ब्रेक सु छिर्न दिइयो ? भन्नेबारेमा छानबिन हुनुपर्ने बताउनु भयो । उहाँले यति ठूलो मात्रामा सुन तस्कर हुँदा प्रधानमन्त्री कार्यालयसहित अर्थ, गृह र पर्यटन मन्त्रालय के गरेर बसेका थिए ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल त तस्करहरुको स्वर्णभूमि नै बनिसकेको रहेछ । यस्तो स्वर्णभूमि जसका हामी सांसद, सरकारमा छाँै, संसदमा छौँ । यसलाई टुलुटुलु हेरेर बसेका छौँ । मुलुकको साख एकदमै खस्यो । नराम्रो प्रभाव परेको छ । हामीलाई मुख देखाउन नै गाह्रो भयो, भ्रष्टाचारका काण्डमा, सुन, भूटानी शरणार्थी, ललिता निवास चाहे जुनसुकै भ्रष्टाचार काण्डमा हामी अन्तिमसम्म पुग्नुपर्छ । यसलाई निस्कर्षमा पुर्‍याउन लेखा समितिको विशेष ध्यानाकर्षण होस् । स्कुटरको ब्रेक सुमा सुन आयो रे, हाम्रो स्कुटर अमेरिक, युरोप चाइनाबाट आउँछ, आउने जस्तो त लाग्दैन, यत्रो हुँदा भन्सार प्रशासन, प्रधानमन्त्री कार्यालयसहित अन्य मन्त्रालयहरु के हेरेर बसेका छन् । यसमा प्रश्न छ, यसमा गम्भीर बन्नुपर्छ ।’

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले सुन काण्डबारे सम्बन्धित मन्त्रीहरुलाई बोलाएर छलफल हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो पटक त सुन फेला पर्‍यो, मान्छे पनि फेला परे, कुनैबेला त मान्छे मात्रै फेला परे सुन फेला अहिलेसम्म परेको छैन, ३३ किलो सुन काण्ड मान्छे सबै जेलमा छन्, प्रमाणको रुपमा रहेको सुन कहाँ छ थाहा छैन । प्रमाण नै नभएपनि दोषी भए । तर अहिले सुन फेला परेको छ, यो आफैँमा उपलब्धि हो, यसमा सम्बन्धित मन्त्रीहरु बोलाएर छलफल गर्नुपर्छ । अब यो मुलुक साँच्चै नै भ्रष्टाचारीको मुलुक हो त ?’

सांसद केसीले मुलुक साँच्चै भ्रष्टाचारीको मुलुक भएको हो ? भन्दै प्रश्न गर्नुभयो ।