२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको प्रस्टोक्ति: भ्रष्टाचार र तस्करीविरुद्धको जेहाद छेड्ने क्रम रोकिँदैन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारी र तस्करीविरुद्धको जेहाद छेड्ने क्रम नरोकिने बताउनुभएको छ । आइतबार समाजवादी विद्यार्थी मोर्चाको घोषणा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।

‘भ्रष्टाचारविरोधी वा तस्करीका विरुद्ध जेहाद छेडिँदैछ । यो कदम यहि रोकिँदैन, रोकिनेवाला छैन निरन्तर अगाडि बढनेवाला छ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

नेपाल राष्ट्रको एकता, सम्मृद्धि र विकास निर्माणका लागि यो लडाई जित्नैपर्ने भन्दै प्रचण्डले यो कुनै आवेग र राजनीतिक स्टन्ट नभएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले लाखौ जनताको सपना साकार पार्ने अभियान सुरु भएको भन्दै आउने दिनमा अरु भ्रष्टाचारका फायल खुल्दै जाने पनि बताउनुभयो । आम जनताको साथ पाएपछि भ्रष्टाचारविरुद्धको युद्ध जितिने प्रधानमन्त्रीको भनाई छ ।