२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विष्णुको विश्वलाई जवाफ: आफ्नै खुट्टामा उभिएर चुनाव लड्न सक्ने हैसियत बनाउनुहोस्



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई आफ्नै खुट्टामा उभिएर चुनाव लड्न सक्ने गरी तगडा बन्न सुझाव दिनुभएको छ । नेपाली कांग्रेसका महामन्त्री शर्माले पार्टीमा एमाले युवा नेताहरुको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि नभएको टिप्पणी गर्नुभएको थियो ।

सो टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै रिमालले ओहोदाअनुरुपको प्रतिक्रिया अलि भएन कि भन्दै शर्माप्रति कटाक्ष गर्नुभएको छ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ९ (क) प्रदेश कार्य समितिले शनिबार आयोजना गरेको एक कार्यक्रममा महामन्त्री शर्माले कांग्रेसका युवाहरुले आफ्नो सन्देश दिनका लागि पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा मुस्कुराएर प्रतिस्पर्धा गर्ने आँट गरे पनि एमालेका युवाहरुमा पार्टी अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धाका लागि साहस गर्ने आँट नभएको प्रतिक्रिया दिनुभएको थियो ।

उहाँले एमालेका युवाहरुलाई पनि संसदीय दलको चुनावमा कमरेड केपी ओलीसँग प्रतिस्पर्धा गर्ने आँट गर्न सुझाव दिँदा उनीहरुबाट आफूहरुको अवस्था भनेको ‘कुनामा बस्ने, दुनामा खाने’ जवाफ पाएको बताउनुभएको थियो ।

शर्माको अभिव्यक्तिप्रति रिमालले लेख्नुभएको छ –

प्रिय विश्वजी,
यो अखबारको हेडिङमा लेखिएकै जस्तो बोल्नुभएको भए ओहोदा अनुरुपको प्रतिक्रिया अलि भएन कि ? 
एमालेका ‘ठिटाहरु’ कुनामा बसुन् कि छेउमा, दुनामा खाउन् कि पातमा, किन फिक्री गर्नुहुन्छ रु काङ्ग्रेसलाई आफ्नै खुट्टामा उभिएर चुनाव लड्न सक्ने गरी तगडा बनाउनुस् न भै गयो नि १ एमाले कस्तो बनाउने हाम्रै जिम्मामा रहन दिनुस् । काङ्ग्रेसका माहामन्त्री ‘नुन खाएको कुखुरा जस्तो’ भन्ने इमेज हटाउनुस् । एमालेले आफ्ना युवाहरूको ‘पर्फर्मेन्स’ परीक्षण गर्न यहाँलाई ‘जाचकी’ राखेको पनि छैन । एमाले जस्तो बन्ला, कृपया प्रतिस्पर्धाको लागि अलि बढी मिहेनत गर्नुहोला !




भर्खरै