४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

आजबाट पातलो प्लास्टिक झोला जफत गरिने, सबै वडामा मेसिनसहित नगरप्रहरी पुग्दै

आजबाट पातलो प्लास्टिक झोला जफत गरिने, सबै वडामा मेसिनसहित नगरप्रहरी पुग्दै
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात र बिक्रीवितरण गरे जफत गर्ने भएको छ ।

त्यसको लागि कामपा वातावरण व्यवस्थापन विभागले महानगरका करिब ५० जना प्रहरी निरीक्षकलाई तालिम दिइसकेको छ । तालिमप्राप्त महानगर प्रहरीले माइक्रोन मापन मेसिनसहित अनुगमन गर्ने बताइएको छ ।

कामपाले यही साउन १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो माइक्रोनको प्लास्टिकको झोला, प्लास्टिकको पुष्पगुच्छा र माला प्रतिबन्ध लगाइसकेको छ । तर, प्रभावकारी कार्यान्वयन गर्न आइतबारबाट नगर प्रहरी परिचालन गरी ती सामग्री जफत गर्न लागिएको हो ।

साउन १ गतेदेखि नै प्रहरी टोली परिचालन गर्ने कामपाले तयारी गरेको भए पनि सोही दिनबाट उपत्यकाको फोहोर व्यवस्थापन गर्न समस्या भएकोले त्यसमा ध्यान दिन नसकिएको जानकारी दिँदै कामपा वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘आइतबारबाट भने प्रभावकारी कार्यान्वयन गर्नेछौं ।’ उहाँले वडा अध्यक्षको समन्वयमा अनुगमन गर्ने क्षेत्र तय गरी पूर्ण रूपमा अनुगमन शुरू गर्ने जानकारी दिनुभयो ।

मेसिनसहितको टोली परिचालन हुनेछन्, ४० माइक्रोनभन्दा पातलो प्लास्टिक र पुष्पगुच्छा र माला बिक्री वितरण गरेमा तत्काल जफत गरिने छ । यसअघि बिसं २०७२ वैशाख १ गतेदेखि लागु हुने गरी ४० माइक्रोनभन्दा पातलो प्लास्टिकमा प्रतिबन्ध लगाइएको थियो । भूकम्पको कारण कार्यान्वयन हुन नसकेपछि सो नियम पुन: ब्युँताएर फेरि कार्यान्वयन गर्न लागिएको हो ।

गत वर्ष साउन २८ मा सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिएलगत्तै वन तथा वातावरण मन्त्रालयले सोसम्बन्धी निर्णयगरी कार्यविधि तयार गरेको थियो । तथापि, सो नियम कार्यान्वयन हुन सकेको थिएन ।

नेपालमा झन्डै २ सयवटा प्लास्टिक उद्योग भएको अनुमान गरिएको छ। वि।सं। २०७८ मा वातावरण विभागले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्यायोजन तयार गरेको थियो । सोही समय किटान गरेरै तयार गरेको कार्ययोजना पूर्ण रूपमा लागु हुन सकेन ।

कार्ययोजनामा स्तर वृद्धि गर्ने उद्योगलाई अनुदान दिने, झोला उत्पादनकर्ताको अभिलेख राख्नुपर्ने, ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्ण रोक लगाउने उल्लेख छ । वन तथा वातावरण मन्त्रालयले वि. सं. २०७८ भदौ २८ गते राजपत्रमा सूचना प्रकाशित गरी वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरी ४० माइक्रोनभन्दा पातलो झोला प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । नेपाल समाचारपत्रमा खबर छापिएको छ ।