४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो

एएफसी कप क्वालिफायरको दोस्रो चरणमा पुग्ने मछिन्द्रको लक्ष्य, तयारी तिब्र

एएफसी कप क्वालिफायरको दोस्रो चरणमा पुग्ने मछिन्द्रको लक्ष्य, तयारी तिब्र
अ+ अ-

काठमाडौँ । दोस्रो पटक एएफसी कप क्वालिफायरको प्रारम्भिक चरण खेल्ने तयारीमा रहेको नेपालको शीर्ष डिभिजन क्लव मछिन्द्र फुटबल क्लवले आफ्नो प्रशिक्षणमा तिब्रता दिइरहेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानमा मछिन्द्रले प्रशिक्षण शुरु गरेको छ । एएफसी कप क्वालिफायरको प्रारम्भिक चरणको पहिलो खेलमा मछिन्द्रले भूटानको लिग च्याम्पियन पारो एफसीबिरुद्ध चुनौति प्रश्तुत गर्नेछ । उक्त खेलमा आगामी साउन २३ गते दशरथ रंगशालामा नै हुँदैछ । मछिन्द्रले भने लिग च्याम्पियन भएर उक्त प्रतियोगिता खेल्न लागेका होइन । डेब्यु सिजनमा चर्च ब्वाइज क्लव लिग च्याम्पियन भएपनि एएफसी क्लव लाइसेन्स नहुँदा दोस्रो स्थानको मछिन्द्रले त्यो अवसर पायो । त्यससँगै मच्छिन्द्रले लगातार दोस्रो पटक एएफसी कप क्वालिफायरको प्रारम्भिक चरणको खेल खेल्ने भएको हो ।

पहिलो सहभागिता भने मछिन्द्रका लागि सुखद् भएन । प्रारम्भिक चरणको खेलमा नै मछिन्द्र श्रीलंकाको ब्लु स्टारसँग २–० ले पराजित हुन पुग्यो र उसको यात्रा थप अगाडि बढ्न सकेन । यस पटक भने मछिन्द्र सुखद् नतिजा ल्याउने आशामा रहेको प्रशिक्षक किशोर केसीको भनाइ छ । सबैले राम्रो मेहनत गरिरहेको र राष्ट्रिय टोलीबाट पनि खेलाडी आएकाले राम्रो टोली बन्नेमा आफू विश्वस्त रहेका प्रशिक्षक केसी बताउँछन् । अघिल्लो सिजन मछिन्द्रले ब्लु स्टारबिरुद्ध सुखद् नतिजा निकाल्न नसक्दो प्रारम्भिक चरण पार गर्न सकेन । उक्त खेलमा मच्छिन्द्रले बल पोसेसन पनि आफ्नो नियन्त्रणमा राखेको थियो । तर, हार बेहा¥यो । यस पटक भने मछिन्द्रले खेलाडी अनुबन्धन र तयारी राम्रो गरेकाले दोस्रो चरणमा पुग्ने प्रशिक्षक किशोर श्रेष्ठको बताउनु हुन्छ ।

मछिन्द्रको टोलीमा कुल २३ खेलाडी अनुबन्धित छन् । यीमध्ये ९ जना गत लिगमा विभिन्न क्लवबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई मच्छिन्द्रले एएफसी कप क्वालिफायर्सको यात्राका लागि अनुबन्धित गरेको छ । प्रशिक्षक केसीले समय थोरै भएपनि जतिसक्दो राम्रो तयारी गर्ने योजनामा छन् । एक हप्ता फिजिकल र त्यसपछि ट्याक्टिकल पक्षमा ध्यान दिने प्रशिक्षक केसीले बताउनु भयो । भूटानले पछिल्लो समय फुटबलमा राम्रो गरिरहेको छ । उनीहरूको युथ लेभलको फुटबल निकै राम्रो रहेको प्रशिक्षक केसीको धारणामा छ । त्यसैले पनि पारोसँग सचेत रहेर राम्रो फुटबल खेल्ने प्रशिक्षक केसीको विश्वास छ ।

यस पटक भने मच्छिन्द्रले पहिलो चरणको खेल जित्ने लक्ष्यका साथ लिगका चर्चित विदेशी खेलाडी र राष्ट्रिय टोलीका खेलाडीलाई केही समयका लागि भित्राएको छ । तीमध्ये मेसुके ओलामोउ, लाकेन लिम्बु, सनिष श्रेष्ठ र आयुष घलान हुन् । यो खेल जितेमा मच्छिन्द्रले साउथ जोनको दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ ।

मछिन्द्रका कप्तान तथा गोलकिपर विशाल श्रेष्ठले प्रशिक्षकको योजनाअनुरूप आफूहरूको मेहनत गरिरहेकाले लिगको भन्दा बलियो टोली बन्नेमा विश्वस्त रहेको बताए । आफूहरूलाई चाहिने पोजिसनमा पनि खेलाडी थपिएको र केही युवा खेलाडीहरू निकै राम्रो रहेकाले पारोसँगको प्रतिष्पर्धा उत्कृष्ट हुने कप्तान श्रेष्ठको विश्वास छ ।

मछिन्द्रले यो खेल पनि जिते प्लेअफ राउण्डमा बंगलादेशको ढाका अबाहानी र माल्दिभ्सको क्लव इगल्सबीचको विजेतासँग खेल्न पाउनेछ । मच्छिन्द्र पनि दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ । यद्यपि, त्योभन्दा पहिलो पारोसँग खेलमा आफूहरू केन्द्रित रहने योजनामा छ ।