२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

कोरोनाको तनाबले कब्जियत देखि पेटको समस्या निम्तिने, यस्तो छ बच्ने उपायहरु हेर्नुहोस्

कोरोनाको तनाबले कब्जियत देखि पेटको समस्या निम्तिने, यस्तो छ बच्ने उपायहरु हेर्नुहोस्
अ अ+ अ-

मनोविद् गोपाल ढकाल


 

काठमाडौं । कोरोनाको दोस्रो लहर शुरु भए यता फेरि पनि मानसिहरुमा मनोबैज्ञानिक तनाव बढेर गएको छ । कोभिड १९ महामारीको समय सबैको लागि तनावपूर्ण समय हो । ४० वर्षिय एक पुरुषलाई निषेधाज्ञा शुरु भए यता पाँच(सात दिन देखि दिसा नलाग्ने, दिसा भए पनि थोरै हुने, पेट फुल्ने, पेट भारी हुने, पेटमा ग्यास बन्ने, पेट सफा नहुने, पेट असपट हुने, शरीर चंगा र छरितो नहुने, पेट कराउने जस्ता कब्जियतका लक्षणहरु देखिएका छन्। कोरोनाको त्रासले आफु भयभित, बैचेनी र तनाबमा रहेको बताउँदै उनले मनोपरामर्शका लागि फोन गरेका थिए।

माथी भनिए जस्तै निषेधाज्ञाको समयमा तपाईलाई पनि कब्जियत वा पेटसँग सम्बन्धित समस्याहरुले सताएको त छैन ? कब्जियत वा पेटको समस्या तनाव तथा चिन्ताको कारणले समेत हुने गर्दछ। कोरोनाको प्रकोप र निषेधाज्ञाले स्वभाविक रुपले हामीमा मानसिक तनाव, डर, त्रास, चिन्ता बढाएको छ । तनावले पाचन थैलीबाट निस्कने ग्याष्टिक एसिडसहित विभिन्न हर्मोन र रासायनिक पदार्थको उत्पादनमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ। मानसिक तनाव हुँदा शरीरबाट विभिन्न खालका स्टेस हर्मनहरु निस्कन्छन् । तनावले कब्जियत हुनुका साथै पेटमा ग्याँस उत्पन्न भई ग्याष्टिकको समस्या समेत देखा पर्न सक्छ ।

तनाव र चिन्ताले पाचन प्रणालीमा असर पुर्याउछ। जसको कारण पेट दुख्ने, कब्जियत हुने, पखला लाग्ने, वान्ता हुने वा पेटमा गडबडी हुने जस्ता समस्याहरु देखिन सक्छन् । कब्जियत हुनुको अर्को कारण जीवनशैली तथा खानपान पनि हो । कोरोनाको संक्रमणक‍ो कारण गरिएको निषेधाज्ञाले हाम्रो जिवनशैलीमा परिवर्तन आएको छ। हाम्रो  दैनिकी बिथोलिएको छ । असन्तुलित खानपान र जीवन शैलीले हिजोआज धेरैमा कब्जियतको समस्या  देखिएको छ ।

हिजोआज  हामी  शारीरिक रुपमा  निष्क्रिय जस्तै भएका छौँ। हामी २४ सै घण्टा  घर भित्रै बस्न बाध्य भएकाछौ ।  घरमा बस्दा, शरीर चलायमान नहुदा तथा शारीरिक श्रम नहुदा खानेकुरा सहजै पच्न पाउदैन । जसले गर्दा कब्जियत वा पेटका समस्याहरु बढेर जान्छ ।

निषेधाज्ञाको समयमा कब्जियत हुनबाट यसरी बच्नुस् : 

१) शरिरलाई सक्रिय वा आफुलाई व्यस्त राख्ने र  मनलाई शान्त तथा आनन्दित बनाउने कृयाकलापमा दैनिक रुपमा संलग्न  हुनुपर्छ ।

२) आफ्नो दैनिकीलाई  नियमित र संतुलित बनाउनु पर्छ । काम गर्ने , खाने,  सुत्ने समय निश्चित हुनुपर्छ । शौचालय जाने समय पनि निश्चित र नियमित बनाउनुपर्छ।

३) शारीरिक ब्यायम गर्नु अहिलेको समयमा अति जरुरी हुन्छ । योगाभ्यास वा शारीरिक  ब्यायमले तनाव कम गर्न सहयोग गर्छ । साथै शरिरको पाचनशक्ति  बढाउनलाई समेत मद्दत पुर्‍याउछ।

४) तनावको समयमा प्रशस्त आरामको जरुरत पर्छ । दैनिक कम्तीमा ७( ८ घण्टा सुत्नु जरुरी हुन्छ। सुत्ने समय भने निश्चित हुनुपर्दछ । काम छैन भनेर धेरै समय सुत्नाले पनि पाचन प्रणालीमा असर पुग्छ।

५) राति अबेलासम्म टेलिभिजन हेर्ने , मोबाइल तथा ल्यापटपको बढि प्रयोग गर्ने जस्ता ब्यबहारले  पाचन प्रणालीलाई असर पुर्‍याउछ । यसको प्रयोगलाई सिमित गर्नुपर्छ ।

६) मनलाई शान्त राख्न ध्यान, श्वासप्रस्बासको अभ्यास ,आरमदायिक अभ्यास गर्नु पर्दछ । जसले तनाव ब्यबस्थापनमा मदत पुर्याउछ।

कस्ता खानेकुराहरु खाने ?

निषेधाज्ञाले गर्दा हाम्रो खानपानमा समेत असंतुलन आएको  हुनसक्छ । असंतुलित खानपिन पनि कब्जियतको कारण हो । त्यसैले खानपिन गर्दा यी कुराहरुमा ख्याल राख्नुपर्छ ।

१) पचाउन सजिलो हुने प्रकृतिक खाद्यान्नहरु जस्तो रेसादार खानेकुरा , हरियो सागपात, सब्जि,सलाद,फलफुल ,गेडागुडी, टुसा उम्रेका अन्न,काँक्रा, गाजर, मूला जस्ता खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ ।

२) प्रशस्त मात्रामा पानी, दही, मही , जुस, सुप वा झोलियो खानेकुरा खानुपर्छ । 

३) अमिलो–पिरो, फस्टफुड र ड्राईफुड, धेरै चिल्लो ,तारेको, भुटेको , माछा,मासु, अण्डाजस्ता मांसाहार नखाके वा कम खाने। कोल्ड ड्रिंक र फास्टफूड सेवन गर्नुहुदैन ।  यसले पाचन प्रक्रियालाई असर गर्छ ।
 
४) तनाबको बेला कि  खानै मन लाग्दैन  कि  अरुबेला भन्दा धेरै खान पुगिन्छ । अहिले परिवारसँगै हुने र फुर्सदिलो समेत भएकाले खाने मात्र काम बढि हुनसक्छ । जसले  गर्दा खाएको कुरा राम्रोसँग पच्न पाउदैन जसले गर्दा कब्जियतको समस्या देखापर्न सक्छ । त्यसैले  दिनमा ४(५   थेरै थेरै  पटक गरेर खानु उपयुक्त हुन्छ ।

५) चिया, कफि पनि धेरै खानु हुदैन । धूमपान तथा मद्यपान त  गर्नैहुदैन । तर तनावका समयमा  यसको सेबन बढ्ने जोखिम हुन्छ । यसमा सचेत रहनु पर्छ ।

६) दैनिक जीवनशैली र खानपानमा ध्यान पुर्याउदा पनि कब्जियत वा पेट सम्बन्धि समस्याहरु कम नभएमा घरेलु उपाय अपनाउन सकिन्छ ।  जस्तो त्रिफला चूर्ण जस्ता आयुर्वेदिक औषधीको सेबन गर्न सकिन्छ । तर लामो समयसम्म कब्जियतको समस्या रहिरहेमा भने सम्बन्धि बिशेषज्ञलाई देखाउनुपर्छ ।

एन्जाईटी वा चिन्ताका जन्य मानसिक रोगहरु, डिप्रेसन जस्ता मानसिक समस्याको कारणले पनि कब्जियत वा पेट सम्बन्धि समस्या देखिन सक्छन् । मानसिक रोगका कारणले यस्तो भएको हो भने  मनोरोग बिशेषज्ञलाई देखाउनु पर्छ । मानसिक रोगको कारण पेटको समस्या आउदा जति सुकै ग्याष्टिक वा पेटको औषधी उपचार गरेपनि रोग निको हुन गार्‍हो पर्छ ।

हाँस्य कलाकार केदार घिमिरेलाई पनि एक पटक असाध्यै पेट दुख्ने समस्याले सतायो। पेटको जति नै औषधी उपचार गरेपनि  पेट दुख्ने कम भएन। उनलाई पछि डिप्रेसन भएको थाहा भयो । डिप्रेसनको उपचार पछि उनको पेट दुख्ने लगायत सबै समस्याहरु कम भएर गयो।

यहाँहरुलाई पनि यस्तै समस्यले सताएको भएमा निषेधाज्ञाको अबधि भरि फोन मार्फत निशुल्क मनोपरामर्श सेवाक‍ो व्यबस्था मार्क नेपालले गरेको छ । जसको लागि ९८१३५२७७३२ मा सम्पर्क गर्न सकिन्छ ।

(लेखक ढकाल मनोविद हुन् । उनी मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन् ।)