२३ असार २०८३, मंगलवार
,
Latest
चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा सदस्यमा स्वतन्त्र उम्मेदबार डा. खिमलाल देवकोटा बिजयी



अ+ अ-

काठमाडौ । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यमा स्वतन्त्र उम्मेदबार डा.खिमलाल देवकोटा बिजयी हुनु भएको छ । उहाँले ५०८८ मतभार प्राप्त गर्दै निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदबार रामबहादुर थापालाई पराजीत गर्नुभएको छ ।

थापाले  ४,०१४ मतभार प्राप्त गर्नुभएको छ भने नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ १३२ मतभार प्राप्त गर्नुभएको छ । 

उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८  मतदाता रहेका थिए ।  

निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको थियो  ।