४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै

स्वास्थ्य सेवाको विस्तारमा नमूना बन्दै ललितपुर १ वडा

स्वास्थ्य सेवाको विस्तारमा नमूना बन्दै ललितपुर १ वडा
अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिका १ वडाले आ.व. २०८०/०८१ को सुरु देखि नै स्वास्थ्य सेवाको विस्तारमा सक्रिय हुँदै आएको छ । वडामा बाल रोग, जनरल फिजिसियन, स्त्री रोग, मधुमेह रोगका विशिषज्ञ डाक्टरद्वारा स्वास्थ्य सेवा परीक्षण सुरु गरेको छ।

बालबालिका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक लगायत सबैको उपचारको लागि आवश्यक व्यवस्था मिलाइएको छ । यो सेवा ललितपुर महानगरपालिका १ वडावासीहरुलाई मात्र नभई वडामा आउन पायक पर्ने सम्पूर्ण आम नागरिकहरुले पाउन सक्छन्। आधारभूत स्वास्थ्य केन्द्रमा जनस्वास्थ्य निरीक्षक, अनमी, अहेब आदि कर्मचारीहरुले सरकारद्वारा सञ्चालित खोप, एकीकृत बाल रोग व्यवस्थापन, सुरक्षित मातृत्व, परिवार नियोजन, भिटामिन ए, निःशुल्क औषधि वितरण जस्ता सेवा नियमित रुपमा दिइरहेका छ ।

ललितपुर महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष निर्मल तण्डुकारका अनुसार आगामी दिनमा वडा भित्रका सबै घरमा घरदैलो गर्ने गरी नर्सिङ सहितको सेवा पनि उपलब्ध गराउने तयारी थालेको बताउनु भयो । यसबाट अपाङ्गता भएका, गर्भवती महिला र शिशुको स्वास्थ्य र विकासको अनुगमन गर्ने, क्लिनिकमा हुने उपचारको फलोअप गर्ने, औषधि घरमै पुर्याइदिने जस्ता काम हुनेछन् ।

आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख मघुकर मणी आचार्यले यही श्रावण मसान्तदेखि टोल स्वास्थ्य उत्प्रेरक टिएचपि र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरी डिजिटल हेल्थ प्रोफाइल बनाउने कार्य सुरु हुने बताउनु भयो । टिएचपीहरुलाई सर्भेमा पठाउने र सर्भेबाट खोप, पोषण, परिवार नियोजन, सुरक्षित मातृत्वको साथै हरेकको घरमा सफा पिउने पानी छ कि छैन, सामुदायिक स्वास्थ्य बीमा जस्ता सामाजिक सुरक्षा कार्यक्रममा पहुँच छ कि छैन, फोहोर व्यवस्थापन ठीक छ कि छैन, शारीरिक व्यायाम कतिले गर्छन्, आदि महत्त्वपूर्ण आँकडा पनि प्राप्त हुन्छन्। यस्ता सबै व्यक्तिगत स्वास्थ्यका सूचना र परिसूचकहरू कसैको गोपनीयता हनन नहुने गरी सफ्टवेयरमा अभिलेख राख्ने तयारी रहेको बताउनु भयो ।

यसबाट वडामा विभिन्न उमेर समूहका व्यक्ति कति कति प्रतिशत छन्, उनीहरूका आवश्यकता कस्ता छन्, उच्च रक्तचाप, मधुमेह, दम रोग, धूमपान, लागूपदार्थ दुव्र्यसनको तथ्याङ्क, बालबालिका, महिला र जेष्ठ नागरिकका समस्या आदिबारे पनि आधिकारिक जानकारी हुने अपेक्षा गर्न सकिन्छ। यस्ताबाट प्राप्त हुने आँकडाको विश्लेषण गरी यस वडामा कुन कुन समस्यालाई प्राथमिकता दिन जरुरी छ भन्ने थाहा हुन्छ र सोही अनुरुप योजना तयार गरिनेछ ।

स्वास्थ्य संयोजक तथा वडा सदस्य कृष्ण महर्जनका अनुसार वडाले स्वास्थ्य, जीवनशैली, खानपिन आदि विषयमा छलफल, अन्तरक्रिया र चेतना वृद्धिका कार्यक्रम सञ्चालन गर्ने योजनाका साथै रोग लागेर उपचार गर्दा धेरै क्षति हुने भएकोले रोग लाग्न नदिन खानपान, व्यवहार र रोगबाट सुरक्षित हुने उपायबारे परामर्श दिने लक्ष्य राखिएको बताउनु भयो ।

वडा नं १ मा आधारभूत स्वास्थ्य केन्द्र व्यवस्थापन समिति गठन गरिएको छ । जसको अध्यक्ष निर्मल तण्डुकार छन् भने सदस्य–सचिव मधुकरमणी आचार्य छन्। कोपुण्डोल क्षेत्रमा बसोबास गर्ने मानिसहरुले अन्यत्र भन्दा यस स्वास्थ्य केन्द्रमा धेरै सुपथ मूल्यमा सेवाको उपयोग गर्न पाएका छन् । चिकित्सक सेवा निःशुल्क रहेको छ भने ल्याब सेवा पनि टेकु अस्पतालको सुलभ दररेटमा नै पाउने व्यवस्था छ । यी सेवाहरु लिन पाउँदा वडावासीहरु पनि खुसी देखिन्छन् । ललितपुर महानगरपालिका १ वडाको योजना शाखामा कार्यरत अधिकृत सन्तोष पौडेलले वडाकै आर्थिक स्रोतबाट आमनागरिकलाई आधारभूत स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।

वडावासीहरुले यस किसिमको स्वास्थ्य सेवालाई माया गर्न थालेका छन्, अपनत्व लिएको छन् भने अरू वडाका नागरिकले त्यस्तै स्वास्थ्य केन्द्रको माग गर्न थालेका छन् । यस्तो पहल अभियानका रूपमा अरू वडा र अरू पालिकाहरूमा पनि विस्तार हुँदै जाला भन्ने अपेक्षा लिन सकिन्छ ।

हरेक वडाले एउटा एउटा प्रयोगशाला सञ्चालन गर्न सम्भव छैन, आवश्यक पनि हुँदैन। बिस्तारै वडा वडा मिलेर, वा नगरपालिकाकै अग्रसरतामा पायक पर्ने गरी सहुलियतपूर्ण औषधी पसलको पनि व्यवस्थापन गर्न सके पूर्ण आकारको जनस्वास्थ्य प्रणाली निर्माण हुने थियो ।

संविधानले स्थानीय तहलाई नै स्वास्थ्यको जिम्मेवारी दिएको छ। भर्खर निर्वाचित भएर नगरपालिका र महानगरपालिकामा थुप्रै नयाँ अनुहार र कोही दोहोरिएर आएका छन्, जसलाई जनतामा साँच्चै फरक महसूस गराउने हुटहुटी छ। हालैको स्थानीय निर्वाचनमा ठूलो मुद्दा नबने पनि शहरी स्वास्थ्य सेवाका समस्याले नागरिकको दैनिक जीवनमा प्रमुखता पाउँदै जाने स्पष्ट छ ।