२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

महन्थ र उपेन्द्रहरु फेरि धाउन थाले बालुवाटार !

महन्थ र उपेन्द्रहरु फेरि धाउन थाले बालुवाटार !
अ अ+ अ-

जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र उपेन्द्र महतो बालुवाटार पुगेका छन् । उनीहरु केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । 
बालुवाटार स्रोतका अनुसार उनीहरुलाई प्रधानमन्त्री केपी ओलीले नै भेट्न बोलाएका बताएको छ । 

केही दिनअघि प्रधानमन्त्रीमा केपी ओलीलाई मत नदिएर स्वतन्त्र बसेको जनता समाजवादी दलको महन्थ र उपेन्द्रको गुटका उनीहरु केही दिन यतादेखि फेरि बालुवाटार धाउन थालेका छन् । 

त्यसपछि पनि दुई दिनमात्र अघि सो दलको अर्काे खेमाका उपेन्द्र यादवको समूहसँग मिलेर महन्थ ठाकुरले जसपा सरकारमा नजाने बरु आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताएको थियो । 

त्यसपछि पनि नेपालको राजनीतिमा धेरै उतार चढाव आएको छ । जस्तो कि आजै भएको राष्ट्रिय सभाको निर्वाचनमा नेकपा एमालेका पूर्व माओवादी नेता बादल पराजय भएका छन् भने एमालेकै माधव नेपालको प्रस्तावमा चुवनामा उठेका डा.खिमलाल देवकोटा विजयी भएका छन् । 

त्यस्तै आजै सर्वाेच्च अदालतले पूर्व माओवादी खेमाका बादलसहितका सात जना मन्त्रीलाई पदमुक्त गरिदिएको छ । 

त्यस्तै अघि साँझ बसेको मन्त्रिपरिषदको बैठकले संसद बोलाउन राष्ट्रपतिलाई आह्वान गर्ने तर आफूले विश्वासको मत नलिने भन्दै संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि मार्ग प्रसस्त गर्ने निर्णय गरेको छ । 

यस्तो विकसित राजनीतिक परिवर्तित अवस्थामा प्रधानमन्त्रीले जसपाका नेतालाई भेट्न बोलाउनु र उनीहरु बालुवाटार जानुको पछाडि पनि ठूलै राजनीतिक कारण रहेको बताइएको छ ।