४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो

विशिष्ट पदाधिकारीको उपचार अब स्वदेशमै

विशिष्ट पदाधिकारीको उपचार अब स्वदेशमै
अ+ अ-

काठमाडौँ । अबदेखि विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीले स्वैच्छिक रूपमा राज्यको खर्चमा विदेश गएर उपचार गर्न नपाउने भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको उपचारका लागि ‘विशिष्ट तथा अतिविशिष्ट उपचार विशेषज्ञ समिति’ गठन गरेको छ । विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीले नेपालमा उपचार सम्भव नभएमा मात्र विदेशमा उपचार गर्न पाउने र त्यसका लागि विशेषज्ञ समितिको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयले विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सदस्यमा डा. भगवान कोइराला, डा. सन्दुक रुइत, डा. शशी शर्मा, डा. पुकारचन्द्र श्रेष्ठ, डा. भोला रिजाल, डा.रत्नमणि गजुरेल, डा. किरण श्रेष्ठ, डा. ध्रुव गैरे, डा. रविराम श्रेष्ठ, डा. शैली प्रधान, डा. महेश अधिकारी, डा. सुभाष आचार्य, डा. मनबहादुर केसी र डा. रमेश चोखानी हुनुहुन्छ ।

“विशिष्ट तथा अतिविशिष्ट उपचार विशेषज्ञ समितिको कार्यविधि तयार भइरहेको छ । नेपालमा हुने उपचारका लागि विशिष्ट तथा अतिविशिष्ट पदाधिकारी विदेश जान पाइने छैन,” समितिका संयोजक डा। बस्नेतले भन्नुभयो ।

उहाँले नेपालमा हुने उपचारका लागि विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीका लागि वीर अस्पतालमा छुट्टै क्याबिनको व्यवस्था गरिएको जानकारी दिनुभयो । नवनिर्मित विशिष्ट उपचार कक्षमा आवश्यक उपकरणसहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतीक्षालय, भान्साकोठासमेतको सुविधा रहेको छ । यसअघि पनि वीर अस्पतालको पुरानो भवनमा विशिष्ट तथा अतिविशिष्टका लागि दुई वटा शøया छुट्याइएको थियो । मङ्गलबारबाट सञ्चालनमा ल्याइएको भवनमा तीन शय्या थप गरेर कुल पाँच शय्या पुर्याइएको छ ।

वीर अस्पतालमा सञ्चालनमा आएको विशिष्ट तथा अतिविशिष्ट कक्षको मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अवलोकन गर्नुभयो । उहाँले विशिष्ट र अतिविशिष्ट पदाधिकारीको जुनसुकै उपचार नेपालमा गर्न सकिने बताउनुभयो । उहाँले सरकारी खर्चमा विदेशमा गएर उपचार गर्ने प्रचलन रोक्नका लागि वीरमा सञ्चालनमा ल्याइएको कक्ष प्रभावकारी हुने बताउनुभयो । गोरखापत्र दैनिक