४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पाकिस्तानबीच सीधा हवाई सेवा सञ्चालन गर्न चेम्बरको आग्रह



अ+ अ-

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तानबीच सीधा हवाई सेवा सञ्चालनको पहल गरिदिन नेपालका लागि पाकिस्तानी राजदूतलाई आग्रह गरेको छ ।

चेम्बरको टोलीले आज नेपालका लागि पाकिस्तानी राजदूत अबरार हुसेन हाशमीलाई दुई मुलुकबीचको व्यापार सहजीकरण एवं पर्यटकीय गतिविधी वृद्धि गर्नका लागि सीधा हवाई सम्पर्क सञ्चालनका लागि पहल गर्न आग्रह गरेको हो ।

जमलस्थित चेम्बर भवनमा आज भएको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीचको व्यापार वृद्धि, पर्यटन आदानप्रदान एवं अन्य आर्थिक, व्यापारिक गतिविधि विस्तारका लागि तत्काल हवाई सेवा सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको हो ।

हवाई सेवा सञ्चालन गर्न दुई मुलुकबीच सरकारी तबरबाटै पहल गर्न र नीजि क्षेत्रमा पनि सहकार्य गराउन अध्यक्ष मल्लले राजदूत हामीसँग आग्रह गर्नुभयो । “नेपाल र पाकिस्तानबीच हवाई दूरी जम्मा तीन घण्टाको छ, यसलाई सदुपयोग गर्न सकियो भने दुई मुलुकबीचको व्यापार वृद्धि र पर्यटन विस्तार गर्न सकिन्छ, सार्क सदस्य राष्ट्रको हैसियतले अन्य थुप्रै आर्थिक गतिविधी वढाएर दुवै मुलुकले लाभ प्राप्त गर्न सक्छन”, अध्यक्ष मल्लले भन्नुभयो ।

अध्यक्ष मल्लले निजी क्षेत्रबीचको सहकार्यमार्फत, हवाई सेवा सञ्चालन, साना तथा मझौला उद्योगमा संयुक्त लगानी बढाएर दुवै देशले लाभ लिन सक्ने प्रचुर सम्भावना रहेको बताउनुभयो । पाकिस्ताबाट नेपालले अहिले औषधि, प्रशोधित छालाजन्य पदार्थ, मेसिनरी वस्तु, जुत्ता, चप्पललगायतका वस्तु आयत गरेको छ भने मह, कफी, चिया, हस्तकलाका सामान, अलैँची, आँखाको लेन्स, उनी धागोलगायतका वस्तु निर्यात गर्दै आएको छ ।

काठमाडौँ कराँचीबीच सीधा हवाई सेवा सञ्चालन गर्न सकिए व्यापार सहजीकरण हुने र व्यापार घाटा पनि कम गर्न सकिने अध्यक्ष मल्लको भनाइ थियो । पाकिस्तानबाट वार्षिक औषत चार हजार हाराहारीमा पर्यटक नेपाल घुम्न आउने गरेका छन् ।

भेटमा नेपालका लागि पाकिस्तानी राजदूत हाशमीले पनि हवाई सेवा सञ्चालनका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने बताउनुभयो । नेपाल र पाकिस्तानबीच दुवै मुलुकलाई फाइदा हुने गरी आर्थिक सम्भावनाका क्षेत्रको पहिचान गर्नुपर्ने उहाँको भनाइ थियो । दुई देशबीचका चेम्बर अफ कमर्सका पदाधिकारीबीच छलफल गराएर व्यापारिक गतिविधि विस्तारका लागि आफूले पहल गर्ने राजदूत हासमीले बताउनुभयो । रासस