४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत

महामन्त्रीले केन्द्रिय समितिमा राखेका कार्यक्रमको सही कार्यान्वयन गरौँः दिलेन्द्र बडू

महामन्त्रीले केन्द्रिय समितिमा राखेका कार्यक्रमको सही कार्यान्वयन गरौँः दिलेन्द्र बडू
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टीको केन्द्रिय समिति बैठकमा महामन्त्री गगनकुमार थापाले प्रश्तुत गर्नुभएका कार्यक्रमको कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केन्द्रिय समितिका एजेण्डा सही र व्यवस्थित रहेको बताउनु भयो । उहाँले महामन्त्रीले प्रश्तुत गर्नुभएको कार्यतालिका र कार्यक्रमहरु संस्थाको कार्यक्रम मानेर कार्यान्वयनका लागि एकजुट हुनुपर्ने बताउनु भयो । उहाँले महामन्त्री थापाले प्रश्तुत गर्नुभएको कार्यक्रम कार्यान्वयन भए पार्टी राम्रोसँघ अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रिय समितिका एजेण्डा सही छन्, व्यवस्थित रुपमा आएको छ । सबै एजेण्डामा सबैले आफ्ना विचार राख्नसक्ने समय भएन । त्यो भएको भए सबै एजेण्डामा सबैको विचार आउँथ्यो । समय सिमित भयो, लाइभ गर्नेकुरा नयाँ भयो, लाइभ गर्ने कुरा गलत भयो भन्न मिल्दैन, कुनै केन्द्रिय सदस्यले एजेण्डामा आफ्ना विचार व्यवस्थित ढंगले राख्ने वातावरण बन्यो । केन्द्रिय समितिमा कार्यतालिका र कार्यक्रम आएको छ महामन्त्रीमार्फत यो सबैको एजेण्डा र कार्यक्रम हो । संस्थागत कार्यक्रम हो । यसको कार्यान्वयनको लागि पार्टीको संस्थागत र एकतावद्ध ढंगले जुट्नुपर्छ, यो अहिलेको आवश्यकता हो । यसले पार्टीमा नयाँ जीवन दिन्छ । यो अब महमन्त्रीको कार्ययोजना नभइ संस्थाको रुपमा लिनुपर्छ । यसरी गए पार्टी निश्चित रुपमा अघि बढ्छ । पार्टीभित्र हाम्रो एकता छ, एकतावद्ध ढंगले जान्छौँ ।’

नेता बडूले केन्द्रिय समितिको बैठकमा सबै एजेण्डामा धारणा राख्नलाई समय पर्याप्त हुन नसकेको गुनासो गर्नुभयो ।