४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो

सय किलो सुन तस्करी प्रकरणः मामा भाञ्जामा अड्कियो अनुसन्धान

सय किलो सुन तस्करी प्रकरणः मामा भाञ्जामा अड्कियो अनुसन्धान
फाईल फोटो
अ+ अ-

काठमाडौं । राजस्व अनुसन्धान विभागले सय किलो सुन पक्राउ गरेपछि सुन तस्करीको गिरोह उच्च तहसम्ममा नै रहेको आँकलन हुँदै आए पनि हालसम्म सामान्य व्यक्ति, भरिया र केही कर्मचारीबाहेक अन्य व्यक्तिहरू पक्राउ पर्न सकेका छैनन् ।

नेपालमा तस्करीको सुन बरामद परिमाण यो नै अहिलेसम्मकै उच्च भए पनि राजस्व अनुसन्धान विभागले यस प्रकरणमा संलग्न उच्च गिरोहको जराजरा खोतल्न सकेको छैन । रेडी ट्रेड प्रालिको नामबाट कम्पनी खडा गर्न लगाएर सुन तस्करीको चाँजापाँजो मिलाउने ‘मुख्य डिजाइनर ’को बारेमा राजस्व अनुसन्धान विभागका अधिकारीहरूले कुनै भेउ पाउन सकेका छैनन् ।

विभागका अनुसन्धान अधिकृतको निशाना रेडी ट्रेड सञ्चालन गर्ने दोलखाका २१ वर्षीय दिलिप भुजेल र उनका मामा रामकुमार भुजेल बनेका छन् । यो काण्डमा सबैभन्दा पहिला रेडी ट्रेड सञ्चालन गर्ने दिलिप पक्राउ परेका थिए । पहिला मजदुर व्यवसाय सञ्चालन गर्ने दिलिपको नागरिकता प्रयोग गरेर तस्करी गर्ने गिरोहले रेडी ट्रेड सञ्चालनको चाँजोपाजो मिलाउँदै आएको देखिए पनि त्यो गिरोह को हो भन्ने बारेमा राजस्व अनुसन्धान विभागका अधिकारीहरूको छानबिन पुग्न सकेको छैन ।

दिलिप पक्राउ गरेर बयान लिँदा दिलिपले आफ्नो मामा रामकुमार भुजेलले नागरिकता मागेको र आफूले दिएपछि सोही आधारमा कम्पनी खोलिएको आफूले पछि मात्रै थाहा पाएको बताउनुभएको थियो । दिलिपको सो बयानका आधारमा मामा रामकुमार पनि पक्राउ परेका थिए । भाञ्जालाई मामाले परिचालन गरे पनि मामालाई परिचालन गर्ने गिरोहको जालो माथिसम्म नै रहेको अनुमान गरिए पनि सो कुरा खुल्न सकेको छैन । राजस्व अनुसन्धान विभागका एक अधिकृतका अनुसार भाञ्जा हुँदै अनुसन्धान मामासमक्ष पुगेको भए पनि भित्रको जरा पत्ता लाग्न सकेको छैन ।

सुन बरामदपछि यो प्रकरणमा अनुसन्धानका क्रममा हालसम्म १५ जनाभन्दा बढी पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा रेडी ट्रेडका सञ्चालकलगायत, भन्सारका कर्मचारी, भारतीय र चिनियाँ नागरिक तथा केही बिचौलिया रहेका छन् ।

सय किलो सुन भित्र्याउने कम्पनीका सञ्चालक दिलिप भुजेलको उमेर हाल २१ वर्ष मात्रै छ । २१ वर्षमा नै उनले यति ठुुलो कम्पनी खोलेर अरर्बौंको तस्करी गर्ने कुरा विश्वासै गर्न नसकिने खालको देखिन्छ । स्रोतका अनुसार कानुनी दृष्टिमा २१ वर्षका दिलिप र उहाँका मामा यो कारोबारको मुख्य पात्र देखिए पनि व्यवहारमा अर्कै शक्तिशाली पक्ष रहेको छ ।

अनुसन्धान गर्ने निकाय त्यो शक्तिशाली पक्षसमक्ष पुग्नै नसक्ने स्रोतको दाबी छ । स्वयम राजस्व अनुसन्धान विभागका केही अधिकृतहरू पनि यो तथ्यलाई स्वीकार्छन् । राजस्व अनुसन्धान विभागका एक अधिकृतले नेपाल समाचारपत्रसँग भने–‘मामा भाञ्जामा भन्दा माथि अनुसन्धान पुग्न कठिन हुन्छ कि भन्ने आशंका हामीलाई पनि लागेको छ ।’

यस तस्करी प्रकरणमा एक हप्तादेखि सुन कारोबारका मुख्य लगानीकर्ता को हुन् भन्ने कुरामा अनुसन्धान भइरहेको भए पनि त्यसबारेमा थप परिणाम आउन नसकेको विभागका ती अधिकृतले बताए । सुन तस्करी प्रकरण बाहिरीएपछि केही व्यापारिक पृष्ठभूमिका व्यक्तिहरू देश छोडेर जान लागे पनि उनीहरू विशेष निगरानीमा पर्न सकेका छैनन् ।

हङकङबाट तस्करी गरी ल्याइएको एक क्विन्टल बढी सो अवैध सुन विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर सजिलोसँग बाहिरिने क्रममा राजस्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो । उक्त सुन भन्सारबाट पास भएर ट्याक्सीमा लैजाने क्रममा विभागले बरामद गरेको थियो ।

सुन क्याथे प्यासिफिक एअरलाइन्सको विमानमा मोटरसाइकल र स्कुटरको ब्रेक सु तथा दाह्री काट्ने रेजरमा फिट गरेर ल्याइएको थियो । सो प्रकरणमा शुरूमा नै पक्राउ पर्नेमा एजेन्ट राजन राई र ट्याक्सी चालक अशोक लामा पनि छन् । बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत एवम् प्रवक्ता खनालका अनुसार गत बुधबार भन्सारमा भित्रिएको सुन १५ जुलाईमा गोदाममा आइपुगेको थियो । सो सुन तीन दिनपछि अर्थात् १८ जुलाईमा गोदामबाट बाहिर निकालिएको थियो ।

पक्राउ परेका रामकुमार भुजेलको बयानबाट यो प्रकरणमा संलग्न मुख्य कारोबारीसम्म पुग्न सकिने विभागका अधिकारीहरू बताउँछन् । यद्यपि, विभागका एक अनुसन्धान अधिकृतका अनुसार भुजेलको बयान लिने क्रममा हालसम्म त्यस्तो कुनै नयाँ तथ्य पत्ता लाग्न सकेको छैन ।

विभागका ती अधिकृतले पक्राउ परेका चिनियाँ र भारतीय नागरिकबाट केही नयाँ तथ्य आउन सक्ने आशा गरिएको बताए । यो छानबिन प्रकरण केही समय लम्बिन सक्ने जिकिर गर्दै विभागका एक अधिकारीले भने– ‘यस्ता अनुसन्धानको समय ६ महिनासम्म हुन्छ । त्यसैले पूरै परिणाम आज, भोलि नै आउँछ भन्ने हुँदैन, समय लाग्न सक्छ ।’ नेपाल समाचारपत्र