१९ श्रावण २०८३, मंगलवार
,
Latest
सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट नेपाल एयरलाइन्सः यात्रु, कार्गो तथा आम्दानीमा वृद्धि सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले गरेनन् सरकारलाई सहयोग, मन्त्री रावलले खोजिन् विपक्षीको सहयोग गृहमन्त्रीको भ्रमण र सम्झौताबारे सरकारको स्पष्टीकरणः कुनै ठोस सम्झौता भएको छैन रामबहादुरलाई वाइल्ड कार्ड तीन दिने खेलकुद प्रदर्शनी शुरु शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी २०७३ को निर्देशिका खारेज गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु माकलबारी–देशे सडक विस्तारमा नेपाली सेनासँग विवाद नभएको सांसद पाण्डेको स्पष्टोक्ति प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले प्रदेशहरुको अधिवेशन मिति तोकियो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले गण्डकी बाहेक प्रदेशहरुको अधिवेशनको मिति तोकेको छ ।

पार्टी केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार गण्डकी प्रदेशको बैठक बस्न बाँकी रहेकाले मिति तोक्न बाँकी छ । अरू प्रदेशहरुले अधिवेशनको मिति टुंगो लागिसकेको छ ।

उहाँले कोशी प्रदेशको अधिवेशन असोज १२–१३, मधेश प्रदेशको असोज ५–६ र बागमती प्रदेशको असोज ८–९ मा अधिवेशन हुने जानकारी दिनुभयो ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले भदौभित्रै अधिवेशन गर्ने निर्णय भएको छ । जसअनुसार भदौ १६–१७ मा लुम्बिनी, भदौ २९–३० मा कर्णाली र भदौ २२–२३ मा सुदूरपश्चिम प्रदेशले अधिवेशनको मिति तोकेको छ ।

अहिले कायम रहेको प्रदेश संगठन कमिटीले प्रथम अधिवेशनको मिति तोकेको हो । अधिवेशनमा एक सय संगठित सदस्य बराबर एक प्रतिनिधि हुनेछ र प्रतिनिधिमध्ये ३३ प्रतिशत महिला अनिवार्य गर्ने, उत्पीडित समुदाय र मजदुरलाई कोटामा प्रतिनिधि ल्याउने तयारी गरिएको छ ।

यही साउन १५ गते प्रतिनिधि प्रक्रियाको चयन एमाले संगठन विभागले अभिलेखीकरण गर्ने सदस्यताको आधारमा हुनेछ । “पार्टी सदस्यको अन्तिम नामावली तयार भएपछि त्यसै आधारमा अधिवेशनको प्रतिनिधि चयन हुनेछ, प्रतिनिधि छनोट पनि त्यसैमा आधारित हुनेछ”, कार्यालय सचिव अधिकारीले भन्नुभयो ।

एमालेले आगामी एक वर्षभित्रै प्रदेश, जिल्ला र पालिका अधिवेशन गर्ने तालिका तय गरेको छ । सो अनुसार सबैभन्दा पहिले प्रदेश अधिवेशन गर्ने तयारीमा पार्टी पंक्ति परिचालित भएको हो ।

प्रदेशपछि जिल्ला र पालिका तहको अधिवेशन हुनेछ । त्यसका लागि एमालेले फरक भूगोलका नेताहरुलाई जिल्ला इन्चार्ज बनाएर पठाएको छ भने प्रदेशको इन्चार्ज पार्टी सचिवहरुलाई जिम्मा दिएको छ ।